अमेरिका छिर्न खोज्दा जनवरीमा पक्राउ पर्नेको विवरण सार्वजनिक


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले जनवरीमा सिमा क्षेत्रबाट गैर कानुनी रुपमा अमेरिका छिर्न खोज्दा पक्राउ पर्ने र अमेरिका छिर्न अयोग्य हुनेहरुको विवरण सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्ने र अमेरिका छिर्न अयोग्य हुनेहरुको संख्या अघिल्लो महिनाको तुलनामा केही घटेको छ ।

सिमासुरक्षाको विषय तात्दै गइरहेका कारण र अमेरिका आप्रवासी मैत्री नभइरहेको सन्दर्भमा सिमा क्षेत्रबाट गैर कानुनी रुपमा अमेरिका छिर्नेहरुको संख्यामा कमी आएको छ । यो संख्यामा कमी आएसँगै पक्राउ दरमा पनि कमी आएको छ ।

जनवरीमा अमेरिकाको दक्षिण पश्चिम सिमाक्षेत्रमा ३५ हजार ८ सय २२ जना पक्राउ पर्नुका साथै अमेरिका छिर्न अयोग्य भएका छन् । जुन डिसेम्बरको तुलनामा १२ प्रतिशतले कमी हो । डिसेम्बरमा ४० हजार ५ सय ५१ जना, नोभेम्बरमा ३८ हजार ९ सय ९१ जना र अक्टोबरमा ३४ हजार ८४९ जना पक्राउ पर्नुका साथै अमेरिका छिर्न अयोग्य भएका थिए ।

जनवरीमा पक्राउ पर्नेहरु २५ हजार ९ सय ८० जना रहेका छन् भने अमेरिका छिर्न अयोग्य हुनेहरु ९ हजार ८ सय ४२ जना रहेका छन् । पक्राउ पर्नेहरुमध्ये ५ हजार ६ सय ५६ फेमिली युनिट र ३ हजार २ सय २७ जना अभिभावक विनाका बच्चाहरु थिए । बाँकी एक्लै अमेरिका छिर्न खोज्नेहरु हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com