अष्ट्रेलियाको डिपेण्डेन्ट भिसा पर्खेर बसेकाहरुलाई दुखको खबर


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

भारतस्थित अष्ट्रेलियन दुतावासले सब्सिक्वेन्ट भिसा आवेदन प्रक्रियाको समयावधी हेरफेर गरेको खबर नेपालीपत्रले प्रकाशित गरेको छ । शुक्रबारदेखी लागु हुनेगरी भारतस्थित अष्ट्रेलियन दुतावासले डिपेण्डेन्ट भिसाका नामले परिचित स्टुडेण्ट सब्सिक्वेन्टभिसा सवक्लास ५ सय को प्रक्रिया समय अवधी बढाएको हो । यसअघि भिसा आवेदन दिएको ५२ देखी ५९ दिन कार्यलय समयभित्र भिसाका सम्बन्धमा निर्णय दिने गरेको भएपनि अब भने यो समय १ महिना बढाइएको छ ।

नयाँ समयावधी अनुसार सब्सिक्वेन्टभिसा आवेदन दिएकाहरुको भिसा लाग्न अब ५७ दिनदेखी ७७ दिन कार्यलय समयसम्म कुर्नुपर्नेछ । ७७ दिन कार्यलय समय भनेको करिब ५ महिना समयावधी हो । महिनामा १० दिन साप्ताहिक विदा र अन्य सार्वजनिक विदा हुने भएकाले ५९ दिनको समयावधीलाई ४ महिना पखर्नुपथ्र्यो । त्यस्तै अब २० दिन समयावधी बढाइएसँगै आवेदकहरुले भिसाका लागि थप १ महिना बढी कुर्नुपर्ने भएको छ ।

यसअघि दुतावासले ४ महिनामा यस्तो प्रकारको भिसा आवेदन छिनोफानो गर्ने गरेको थियो । नयाँ समयावधी नयाँ आवेदकका साथै पुराना आवेदन दिएकाहरुमा पनि लागु हुनेछ जो ४ महिना पुगेर पनि भिसा पर्खेर बसिरहेका छन् । हाल भारतस्थित दुतावासमा विद्यार्थी भिसा आवेदनका लागि चाप भएका कारण ४ महिना पुगेपनि सब्सिक्वेन्ट भिसा आवेदकहरुले निर्णय पाउन सकेका छैनन् । जसका कारण भिसा पर्खेर बसेका हजारौंमा नैराश्यता छाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com