ग्रिनकार्ड आवेदनका लागि नयाँ फर्म भर्न सिकाउने भिडियो सार्वजनिक


प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेजले ग्रिनकार्डका लागि आवेदन दिन सिकाउने भिडियो सार्वजनिक गरेको छ । ग्रिनकार्डका लागि आवेदन दिने फर्म आई ४८५ मा आएको परिवर्तनसँगै परिवर्तित फर्म भर्न सिकाउने भिडियो सार्वजनिक गरिएको हो । अगस्त २५ पछि लागु हुनेगरी युएससीआईएसले आई ४८५ को नयाँ फर्म जारी गरेको थियो ।

नयाँ फर्ममा आवेदकको भौगोलिक अवस्थाबारे प्रश्नहरु राखिएकाले आवेदकले अबदेखि अलग्गै जी ३२५ ए फर्म भर्न नपर्ने भएको छ । फर्ममा २७ वटा इमिग्रयान्ट श्रेणीहरु छुट्याइएकाले आवेदकले श्रेणी छान्दा अन्यौलको अवस्था नरहने जनाइएको छ ।

सर्वसाधारण र सरोकारवालाहरुबाट प्राप्त प्रतिकृयाका आधारमा फर्मको जटिलता कम गर्नका लागि नयाँ फर्म ल्याइएको युएससीआईएसले जनाएको छ । पुनरावलोकन गरिएको फर्ममा आवेदकलाई ठीक तरिकाले फर्म भरेर सुचना दिन सहज हुने र थप प्रमाण माग्नुपर्ने अवस्था कम हुने युएससीआईएसले अपेक्षा गरेको छ ।

फर्म सुधारिएकाले आवेदकले गर्ने गल्ती पनि कम हुने युएससीआईएसको अपेक्षा छ । अमेरिकामा हुने आवेदकले आफ्नो इमिग्रेशन स्टेटस एड्जस्ट गर्न र अमेरिकाको स्थायी बासिन्दा हुनका लागि आई ४८५ फर्म भर्दै आएका छन् । युएससीआईएसले आई ४८५ को पुरक फर्म ए र जे पनि पुनरावलोकन गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com