नयाँ के छ - Page 1773 of 1784 - KHASOKHAS

नयाँ के छ

भूकम्पपीडितका घर बनाउन एनआरएनको खातामा संकलित रकममा १ करोड ब्याज

नेपालमा भूकम्पपीडितका लागि १ हजार घर निर्माणका लागि एनआरएनको खातामा संकलित रकममा झण्डै १ करोड ब्याज थपिएको जनाइएको छ । न्युजर्सीमा एनआरएनएको नवौं क्षेत्रीय सम्मेलनमा भूकम्पपछिको पुननिर्माण सम्बन्धि फोरममा बोल्दै एनआरएनएका प्रवक्ता रञ्जु वाग्ले थापाले भूकम्पपीडितका लागि घर बनाउनका लागि बैंकमा राखिएको रकममा झण्डै १ करोड ब्याज थपिएको जानकारी दिनुभएको हो । अब छिट्टै भूकम्पपीडितका …

एनआरएनए भवन निर्माणका लागि १९ करोड ६४ लाखको प्रतिबद्धता, तर साढे ९ करोड मात्र संकलन

काठमाडौंमा एनआरएनको भवन निर्माणका लागि रकम संकलन अभियानका क्रममा प्रतिबद्धताको ५० प्रतिशत भन्दा कम रकम संकलन भएको जनाइएको छ । अमेरिकाको न्युजर्सीमा जारी एनआरएनएको नबौं क्षेत्रीय सम्मेलनमा बोल्दै सम्मेलनका संयोजक एवं एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक सोनाम लामाले प्रतिवद्धता अनुशारको रकम संकलन नभएको जानकारी दिनुभयो । उहाँले प्रतिबद्धता जनाएर रकम नदिनेहरुलाई यथाशक्य रकम प्रदान …

त्रिशुली नदीमा यात्रुबस खस्दा १९ जनाको मृत्यु, १० घाइते (चेतावनी : विभत्स फोटो)

रौतहटबाट पोखराका लागि छुटेको यात्रुबाहक बस आज बिहान ४ बजेतिर मुग्लिन नजिकै दुर्घटना हुंदा १९ जनाको मृत्यु भएको छ । ग १ ख ३७०९ नम्बरको बस मुग्लीनको कालीखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेर खस्दा १० जना घाइते भएका छन् । बसमा कम्तिमा ४० यात्रु रहेको प्रहरीले जनाएको छ । बसको केही भागमात्र नदी बाहिर देखिएकाले हताहतीको …

‘वारी जमुना, पारी जमुना’ गीतका गायक खेमराज गुरुङको निधन

  ‘वारी जमुना, पारी जमुना‘ गीतका गायक खेमराज गुरुङको निधन भएको छ । कलेजोमा समस्या भएपछि गुरुङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार भइरहेको थियो । गुरुङको बिहीबार दिउँसो निधन भएको हो । स‌खुवासभामा जन्मेका गुरुङ गीत संगीतमा लामो समयदेखि सक्रिय थिए । उनले गाएको पूर्वी पहाडको लोकभाका वारी जमुना पारी जमुना गीत निकै चर्चित भएको थियो …

सामान्य गाउँले युवतीबाट व्यवसायीक हाइ प्रोफाइल कल गर्ल बनेकी ‘जुनकिरी’ सर्वनाममा चम्किदै

  नानी थापाद्वारा लिखित, निर्देशित र अभिनित नाटक ‘जुनकिरी’ सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ । भदौ ३ देखि सुरु भएको नाटक भदौ ११ सम्म चल्नेछ । करिब सवा १ घण्टा अबधिको यो एकल नाटकमा दर्शकलाई नृत्य, गीत, कबिता लगायत अभिनयका विभिन्न आयामहरुद्वारा चरित्रले बाध्ने कोशिश गर्दछे । धर्तीकी जुनकिरी र आकाशकी जून सुर्यको उज्यालोमा भन्दा …

इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ्दै, १५९ को मृत्यु , सयौं घाइते

इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या १५९ पुगेको र सयौं  घाइते भएको  जनाइएको छ ।  भूकम्पमा हजारौं घरबारबिहिन भएको रोयटर्सले जनाएको छ । मध्य इटलीमा गएको भूकम्प ६ दशमलव २ रेक्टर स्केलको भएको युएस जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पमा कैयन व्यक्ति भत्केका घरहरुभित्र फसेका थिए । स्थानीय समय अनुशार विहान ३ बजेर ३६ …

यसकारण एनआरएनको क्षेत्रीय सम्मेलनमा सबैको उपस्थीति जरुरी

-सोनाम लामा गैर आवासीय नेपाली संघ (एनआरएनए) का आदरणीय संस्थापक, संरक्षक, सल्लाहकार, संघमा आवद्ध बिभिन्न देशका उच्च प्रतिनिधी, सदस्य, पत्रकार एवं अन्य सबैमा नमस्कार । एनआरएनएको नवौं क्षेत्रिय सम्मेलन शूरु हुन अब ३ दिन मात्र बाँकी छ । नवौं क्षेत्रिय सम्मेलनको आवश्यक तयारी पूरा भई सकेको र सम्मेलनमा सहभागिताको लागि बिभिन्न देशबाट संघका उच्च प्रतिनिधीहरुको …

अपडेट : इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या १२०, ३६८ जना घाइते

इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या १२० पुगेको र ३६८ जना घाइते भएको त्यहाँका प्रधानमन्त्रीले जनाएका छन् । कैयन व्यक्ति अझै भग्नावशेषहरुमा पुरिएको जनाइएको छ ।  भूकम्पमा हजारौं घरबारबिहिन भएको रोयटर्सले जनाएको छ । मध्य इटलीमा गएको भूकम्प ६ दशमलव २ रेक्टर स्केलको भएको युएस जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पमा कैयन व्यक्ति भत्केका …

हिलारीका पक्षमा ४५ प्रतिशत मतदाता, डोनाल्ड ट्रम्प १२ प्रतिशतले पछाडि

नोभेम्बर ८ मा हुने राष्ट्रपतीय चुनावका दुई उम्मेदवारहरुमध्ये डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन उनका प्रतिस्पर्धी रिपब्लिकन उम्मेदबार डोनाल्ड ट्रम्प भन्दा १२ प्रतिशतले अगाडि रहेको सबैभन्दा पछिल्लो चुनावी सर्वेक्षणले जनाएको छ । रोयटर्सले मंगलबार सार्वजनिक गरेको अगस्त १८ देखि २२ सम्मको सर्वेक्षण अनुशार ४५ प्रतिशत मतदाताहरुले हिलारी क्लिन्टनलाई समर्थन गरेका छन् भने ३३ प्रतिशत मतदाताले डोनाल्ड ट्रम्पलाई …

इटलीमा शक्तिशाली भूकम्प, कैयनको मृत्यु

इटलीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कैयनको ज्यान गएको जनाइएको छ । रोयटर्सका अनुशार भूकम्पमा कम्तीमा ६ जना व्यक्ति मारिएको विश्वास गरिएको छ । मध्य इटलीमा गएको भूकम्प ६ दशमलव २ रेक्टर स्केलको भएको युएस जिओलोजिकल सर्भेले जनाएको छ । स्थानीय समय अनुशार विहान ३ बजेर ३६ मिनेटमा भूकम्प गएको थियो । मध्य इटालियन …

WP Facebook Auto Publish Powered By : XYZScripts.com