डिस्को गएर सञ्चालकलाई पेस्तोल ताक्ने सई श्रेष्ठ पक्राउ


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

मादक पदार्थ सेवन गरी दरबारमार्गस्थित आइक्लवमा झगडा गरेको आरोपमा सई राजुकमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार बिहान २ बजेतिर साधा पोशाकमा हतियारसहित छिरेका जनसेवा वृतको सिआरभीमा कार्यरत श्रेष्ठले क्लब सञ्चालकसँग विवाद गरेका थिए।

पेस्तोलसहित अन्य २ जना साथी लिएर त्यहाँ पुगेका सई श्रेष्ठले सञ्चालक र ग्राहकहरुसँग अभद्र ब्यवहार गरेको प्रहरीले जनाएको छ। ‘उहाँ रक्सीले टिल्ल परेर क्लब आउनुभएको थियो,’ एक सञ्चालकले भने, आई क्लव बन्द गर्ने बेला उनले विवाद झिके।’

तत्काल उनलाई दरबारमार्गबाट खटेको प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी बिहान ६ बजेसम्म पनि झुम्म परेको अवस्थामा दरबारमार्ग प्रहरीमा भेटिएका थिए। उनलाई निलम्वन गर्ने तयारी भइरहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com