एमाले–माओवादी बैठक बस्दै, आजै प्रधानमन्त्री दाबी गर्ने सम्भावना


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दैछ। पार्टी एकता र सरकार गठनका विषयमा निर्णय गर्न दिउँसो २ बजे संयोजन समितिको बैठक बस्न लागेको हो।

आजको बैठकले नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबीको निर्णय गर्ने सम्भावना रहेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए।

‘टुंगो लागिसकेको त होइन तर आज त्यो निर्णय हुन्छ होला, निर्वाचन आयोगले आज राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाए आजै प्रधानमन्त्रीमा दाबी गर्ने सम्भावना छ,’ ज्ञवालीले भने।

निर्वाचन आयोगले दलहरुलाई प्रतिनिधि सभाको समानुपातिक सूची सच्याउन बुधबारसम्मको समय दिएको छ।

कांग्रेस र माओवादी केन्द्रबाहेक सबै दलले बुझाएको सूची निर्वाचन आयोगले सदर गरिसकेको छ।

‘सकेसम्म साँझ अबेर भए पनि आजै अन्तिम परिणाम बुझाउने तयारी छ,’ आयोग प्रवक्ता नवराज ढकालले सेतोपाटीसँग भने।

दलहरुले साँझ ५ बजेसम्म सूची दिए साढे ८ बजेसम्म निर्वाचन परिणाम बुझाउने आयोगको तयारी छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com