न्युयोर्कबाट मेरिल्याण्ड हिडेका २१ बर्षीय नेपाली युवा अमन शनिबारदेखि बेपत्ता


प्रकाशित मिति : बैशाख २०, २०८१ बिहीबार

न्युयोर्कमा बस्दै आएका २२ बर्षीय युवा अमन खान शनिबारदेखि मेरिल्याण्डबाट बेपत्ता भएपछि नेपालमा रहेका उनका परिवारले खोजीका लागि सघाउन आग्रह गरेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ वडगाउँ शिवालयका २२ बर्षिय खान शनिबारविहानदेखि सम्पर्कविहिन भएको उनका बुबा अश्लम खानले खसोखासलाई जानकारी दिएका छन् ।

झण्डै डेढ बर्ष अगाडि अमेरिका आएका अमन खान न्युयोर्कमा बस्दै आएका थिए । आफूले बाल्टिमोरको रेष्टुरेण्टमा काम खोजिदिएको र अप्रिल २१ आइतबार काममा आउन भनेपनि खान अप्रिल २६ शुक्रबार राती न्युयोर्कबाट हिडेको मेरिल्याण्डबाट धन थापाले जानकारी दिए ।

‘उनलाई आइतबारदेखि रेष्टुरेण्टमा काम खोजिदिएका थियौं । उनले सोमबार आउने बताएका थिए । तर उनी न्युयोर्कबाट मेगाबस शुक्रबार रातीमात्र हिडेका थिए । मेरिल्याण्डमा राती २ बजे बसबाट झरेका रहेछन् । शनिबार विहानमात्र उनीसँग सम्पर्क भएको थियो । त्यसपछि उनी सम्पर्कविहिन भएका छन् ।’ – धन थापाले जानकारी दिए ।

पहिले बाल्टिमोरमा नै काम गरेका उनी पछि न्युयोर्कमा आएका थिए । बुबा अश्लम खानको अनुरोधमा आफूले अमनलाई बाल्टिमोरमा काम खोजिदिएर बोलाएको तर उनी त्यहाँ पुगेपछि बेपत्ता भएको थापाले खसोखासलाई बताए । विहान उनले आफू डिसी पुगेको बताएको र वरपर जंगल रहेको बताएको थापाले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले अन्तिम पटक बुबासँग कुरा गर्दा आफू १२० रोजवीक रोड, ला प्लाटा, मेरिल्याण्डमा रहेको बताएका थिए ।

न्युयोर्क समय अनुशार शनिबार विहान ९ बजेतिर भिडियोकल भएपछि छोरासँग सम्र्पक हुन नसकेको पर्वतको कुश्मामा रहेका अमनका बुवा अश्लमले जानकारी दिए । बुबा अश्लमका अनुशार २ छोरा र एक छोरी मध्ये जेठो छोरा अमन १६ महिना अघि टेक्सास हुदै अमेरिका प्रवेश गरेका थिए ।

पछिल्लो २ महिना देखि अमन बिरामी रहेको बुवा अश्लमले जानकारी दिए । मोवाइलमा रिचार्ज गरिदिनका लागि छोराले शनिबार बिहान भनेको र रिचार्ज गरिदिएपछि छोरासँग सम्पर्क हुन नसकेको भन्दै उनले अमेरिकामा रहेका नेपाली संघ संस्था र समुदायहरुलाई खोजीका लागि सघाउन अनुरोध गरेका छन् ।

आफ्नो कार्यालयमा आएको जानकारी अनुशार अमन शनिबार विहान युनियन स्टेशनमा आएको र त्यहाँबाट बेपत्ता भएको मेरिल्याण्ड राज्य सांसद ह्यारी भण्डारीले जानकारी दिए । प्रहरीलाई युनियन स्टेशनमा पठाएपनि उनलाई फेला पार्न नसकिएको भण्डारीले बताए । आफूले डिसीको प्रहरीसँग यसबारे कुराकानी गरेको तथा आफ्नो कार्यालयले बस कम्पनीसँग सम्पर्क गरिरहेको तर फेला पार्न नसकिएको भण्डारीले बताए ।

अमनलाई हालै इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले हाजिर हुन सुचित गरेको समेत जनाइएको छ । अब खोजीका लागि भोलि आइसमा सम्पर्क गर्ने भण्डारीले बताए । भण्डारीले खोजीकार्य जारी राख्ने र उनलाई सकुशल फेला पार्ने आशा व्यक्त गरेका छन् ।

‘मोवाइल अफ छ । सम्पर्क गर्न कोशिस गर्दा सम्पर्क हुन सकेको छैन । ११ कक्षा पास गरेपछि साथीहरुसँग अमेरिका जान्छु भन्दै हिडेको छोरा अचानक सम्पर्कविहिन हुँदा निकै आत्तिएका छौं ।’ – बुबा अश्लम खानले भने ।

खसोखास नेपाल ब्यूरोबाट थप रिपोर्टिङ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com