डिभीको कन्फर्मेशन नम्बर हरायो? यसरी प्राप्त गर्नुहोस् सहजै


प्रकाशित मिति : बैशाख २२, २०८१ शनिबार

२०२५ को डिभी लोटरीको नतिजा सार्वजनिक भइसकेको छ । मे ४ शनिबार न्युयोर्क समय अनुशार मध्यान्ह १२ बजेदेखि डिभी लोटरीको नतिजा हेर्न सकिने व्यवस्था भइसकेको छ तर कतिपय भने कन्फर्मेशन नम्बर सुरक्षित राख्न नसकेका कारण कसरी डिभी परेको थाहा पाउने अन्यौलमा रहेका छन् ।

डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो । कन्फर्मेशन नम्बर, थर र जन्मबर्ष हालेर डिभी परे नपरेको चेक गर्न सकिन्छ । तर कन्फर्मेशन नम्बर हराइहाले पनि चिन्ता गर्नु पर्दैन ।

डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्नसकिने सुविधा अमेरिकी सरकारले दिएको छ । हराएको कन्फर्मेशन नम्बर पनि मे ४ पछिमात्रै प्राप्त गर्न सकिन्छ । हराएको कन्फर्मेशन नम्बर प्राप्त गर्न तपाईले डिभी भर्ने बेला जुन इमेल ठेगाना प्रयोग गर्नुभएको थियो त्यही इमेल ठेगाना उल्लेख गर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिभीको नतिजा हेर्ने लिंकमा कन्फर्मेशन नम्बर हाल्ने बक्सको तलपट्टी कन्फर्मेशन नम्बर हराएकाहरुले क्लीक गर्ने लिंक उपलब्ध हुन्छ । फर्गट कन्फर्मेशन नम्बरमा क्लीक गरेर कार्यक्रम बर्ष २०२५ छनौट गर्नुपर्छ । त्यसपछि नाम, थर, जन्ममिति र इमेल हालेर कन्फर्मेशन नम्बर प्राप्त गर्न सकिन्छ ।

कन्फर्मेशन नम्बर प्राप्त गर्न यहाँ क्लीक गर्नुहोला ।

तपाईसँग पहिले नै कन्फर्मेशन नम्बर छ वा माथि उल्लेखित विधिबाट इमेलमा कन्फर्मेशन नम्बर प्राप्त गर्नुभयो भने तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ । यदि तपाई डिभीका लागि छनौट हुनुभएन भने तपाई छनौट नहुनुभएको सुचना स्क्रीनमा देख्न सक्नुहुनेछ । यदि तपाई छनौट हुनुभएको खण्डमा त्यसपछिको प्रकृयासहितको पत्र स्क्रीनमा देख्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com