न्युयोर्कमा रिँगटा लागेर ढलेका तीन छोराछोरीका पिता मल्लको ब्रेनडेड, सहयोगको अपिल


प्रकाशित मिति : बैशाख २१, २०८१ शुक्रबार

अमेरिकाको न्युयोर्कमा बस्दै आएका ४३ बर्षीय लक्ष्मण बहादुर मल्लको ब्रेनडेड भएको छ । नेपालको पर्वत जिल्ला मोदी गाउँपालिका ६,गिजानका मल्ल गत आइतबार एक्कासी रिँगटा लागेर भुइँमा ढलेपछि अस्पताल भर्ना गरिएको थियो ।

उनलाई साउथसाइड अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको र उनको ब्रेनडेड भइसकेको अस्पतालले जानकारी दिएको छ ।

गतबर्ष अनेकौं चुनौती र कठिनाइ पार गर्दै अमेरिकाको न्युयोर्क आइपुगेका मल्लले एसाइलममार्फत अमेरिकाको बसोबास प्रावधान मिलाउँदै थिए । उनकी श्रीमति ३८ बर्षीया सजिता लामिछाने मल्ल, छोरीहरु २० बर्षीया सभीयाता मल्ल, १७ बर्षीया दिव्यता मल्ल र छोरा १२ बर्षीय दीप्सन मल्ल नेपालमा रहेका छन् ।

परिवारका सदस्यहरू बिक्षप्त अवस्थामा रहेको तथा परिवारको एकमात्र सहाराको रूपमा मल्लले भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै सहयोग संकलनका लागि गोफण्डमी सुरु गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तपाईपनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

अस्पतालले पार्थिव शरीर प्राप्त गर्नको लागि परिवारको सदस्यको खोजी गरेकाले श्रीमती र जेठी छोरीको अमेरिका आउने भिसा प्रकृया सुरु गरिएको छ । आर्थिक स्थीति कमजोर रहेकाले परिवारका सदस्य नेपालबाट आउने जाने खर्च लगायत अन्तिम संस्कारको खर्च जुटाउन सहयोगको अपेक्षा गर्दै गोफण्डमी सुरु गरिएको प्रकाश शर्माले जानकारी दिएका छन् ।

३० हजार डलरको लक्ष्यसहित पर्वत सेवा समाज न्युयोर्कको तर्फबाट सुरु गरिएको गोफण्डमीमा सहयोगका लागि सबैसँग अनुरोध गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com