प्रधानन्यायाधीश र कानूनमन्त्री विरुद्ध सर्वोच्च अदालतका वकिलले गरे विरोध प्रदर्शन


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

नागरिकता, जन्ममिति र शैक्षिक प्रमाणपत्रको विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुली र कामचलाउ सरकारका कानूनमन्त्री यज्ञ बहादुर थापाले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै वकिलहरूले विरोध प्रदर्शन गरेका छन्।

न्यायपरिषद् कार्यालय परिसरमा वकिलहरूले यसैको विरोधमा प्रदर्शन आयोजना गरेको अधिवक्ता कपिलदेव ढकालले सेतोपाटीलाई बताए।

सर्वोच्चदेखि जिल्ला न्यायाधीशसम्म रिक्त पदमा न्यायाधीश नियुक्तिका लागि छलफल गर्न प्रधानन्यायाधीश पराजुलीले बुधबार साढे १० बजे न्यायपरिषद्को बैठक राखेका छन्।

न्यायपरिषद न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निकाय हो। उनी न्यायपरिषद् अध्यक्ष हुन्। कानूनमन्त्री भने न्यायपरिषद्का पदेन सदस्य हुन्छन्। प्रतिनिधिसभापछि उनी कामचलाउ सरकारका मन्त्री हुन् जसको अवधि एक/ दुई दिनमात्र छ।

‘विवादमा तानिएका प्रधानन्यायाधीश र जानै लागेको सरकारका कानूनमन्त्री सम्मिलित बैठकले न्यायाधीश नियुक्ति जस्तो दिर्घकालीन असर हुने काम गर्न लागेका छन्। त्यसलाई रोक्न विरोध स्वरूप हामीले प्रदर्शन आयोजना गरेका हौँ,’ ढकालले भने।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com