जानकारी - Page 7 of 11 - KHASOKHAS

जानकारी

पार्टी एकताबारे छलफल भइरहेको छ: नेता नेपाल

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबारे छलफल भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले दुई पार्टीबीच राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भइरहेको बताउनुभयो । नेता नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने गरी छलफल भइरहेको स्पष्ट पार्नुभयो । …

गुडभेली उद्योगबाट मनग्य आम्दानी

जग्गा भाडामा लिएर कञ्चनपुरको देखतभूली– ६ का सोमविर चौधरीले गुडभेली उत्पादन गरी मासिक रु ५० हजार भन्दाबढी आम्दानी लिँदै आउनुभएको छ। चार वर्ष अघि रु तीन लाख ५० हजारमा उखु पेल्ने मेसिन खरिद गरी चौधरीले गुडभेली उद्योग सञ्चालन गर्दै आउनुभएको छ । मेसिन खरिद गर्दा लागेको पूरै रकम उद्योगमा उत्पादन भएको गुड बेचेर चुक्ता गरेको …

तेजपातको उचित मूल्य नपाउँदा कृषक मारमा

तेजपातको उचित मूल्य नपाउँदा यहाँका कृषक मारमा परेका छन् । जिल्लामा तेजपात प्रतिकिलो रु २५ देखि रु ४० सम्ममा बिक्री भइरहेको छ । उचित मूल्य नपाउँदा आफूहरु मारमा परेको उदयपुरगढी मुर्कुचीका हर्कध्वज मगरले बताउनुभयो । “सबै वस्तुको प्रत्येक वर्ष मूल्य वृद्धि हुने गरेको छ, तेजपातको मूल्य पाँच वर्ष यता वृद्धि हुन सकेको छैन,” उहाँले भन्नुभयो …

मुला उत्पादनमा वृद्धि

पाँचथरको फिदिम नगरपालिका–३, को मझुवा, सिलौटी, डोजरडाँडा, सिम्ले क्षेत्रमा मुलाको उत्पादन वृद्धि भएको छ । यहाँका कृषकले व्यावसायिकरुपमै मुला खेती गर्न थालेकाले गत वर्षभन्दा यसपालि ५० प्रतिशतभन्दा बढी मुला उत्पादन भएको किसानले बताएका छन् । अर्गानिक मुलाले राम्रो बजार पाउँदै गएपछि यसको खेतीमा किसानको आकर्षण बढेको हो । यहाँ फलेको मुला पोहोर २०० गाडी निर्यात …

विपद्का सूचना आदानप्रदान गर्न मोबाइल एप्लिकेशन

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले विपद्का सूचना आदानप्रदान गर्न मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ । रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत दोस्रो चरणमा मोबाइल एप्लिकेशन तयार गरिएको हो । यसअघि विपद्का सूचना आदानप्रदानका लागि पोकेट डायरी लेखिएका फोन नंमा फोन गरी सूचना आदानप्रदानको कार्य गरिँदै आएको थियो । विपद् जोखिम क्षेत्रमा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन …

युवालाई व्यावसायिक बनाउन चार लाख ४० हजार

विपन्न वर्गलाई स्वरोजगार बनाउनका लागि कञ्चनपुरको लालझाडी गाउँपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीका लागि रु चार लाख ४० हजार अनुदान रकम प्रदान गरेको छ । विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर माथि उठान युवा स्वरोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाका छ वटै वडाका ११ युवालाई रु ४० हजारका दरले अनुदान रकम प्रदान गरिएको हो । “अठारदेखि ५० वर्ष मुनिका …

टिपिएस नविकरणको लागी कांग्रेसवुमन मेंगसंग सामुदायीक अगुवाको आग्रह

किरण मरहठ्ठा, न्यूयोर्क, न्यूयोर्कका कम्यूनीटी बोर्ड सदस्य मोहन ज्ञवालीको नेतृत्वमा गएको नेपाली समुदायको अगुवाहरुले टिपिएस सुविधा नविकरणको लागी पहल गरिदिन अमेरिकी कांग्रेसवुमन ग्रेस मेंगसंग अनुरोध गरेको छ । अमेरिकाले नेपालकै प्रकृतिको संकटमा टिपिएस सुविधि प्राप्त गरेका हैटि लगायतका मुलुकका टिपिएस नविकरण नगर्ने बताइरहेको अवस्थामा नेपाली समुदायका अगुवाहरुले कांग्रेसवुमन म्यांगको न्यूयोर्कस्थित कार्यलयमा बिहिवार विशेष छलफल गरेको …

नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शुरु

सदरमुकाम फिदिममा नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नवनिर्वाचित सांसद वसन्तकुमार नेम्बाङले अब बन्ने स्थिर सरकारले खेलकुद क्षेत्रको विकास गर्ने बताउनुभयो । आजै भएको उद्घाटन खेलमा सुनसरी ११ ले डिभाइन ब्जाइज युनियन काठमाडौँलाई ३–० को अन्तरमा पराजित गरेको छ । सुनसरीको जीतमा खेल शुरु भएको तेस्रो र …

मानव अधिकारका विषय अब मोबाइल एप्समा

मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकाबारे जनतालाई सुसूचित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मानव अधिकार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई लक्षित गरी ल्याइएको सो एप्समा आगामी दिनमा अन्य क्षेत्रलाई समेत समेट्ने बताइएको छ । एप्समा सरकारका विभिन्न निकाय तथा सेवा प्रदायकबाट नागरिकले प्राप्त गर्ने सेवालाई समेत समावेश गरिएको छ । …

एमालेबाट समानुपातिकमा ४१ जना को–को बन्दैछन् सांसद (नाम सहित)

एमाले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरी एकसय २१ सिट जित्दै पहिलो दल बनेको छ । एकसय २१ सिटको एक तिहाई ४० जना महिला एमालेबाट संसदमा निर्वाचित हुनै पर्छ । एमालेबाट झापा–२ मा पवित्रा खरेल र स्याङ्जा–१ बाट पद्मा अर्यालले मात्र चुनाव जितेकाले थप ३८ जना समानुपातिकबाट चयन गर्नुपर्छ । जसले गर्दा एमालेको समानुपातिकको बन्द …

WP Facebook Auto Publish Powered By : XYZScripts.com