बूढानीलकण्ठमा श्रीमद्भागवत् महापुराण


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

बूढानीलकण्ठ नगरपालिका–१३ स्थित बूढानीलकण्ठ मन्दिरमा यही कात्तिक २० देखि २६ गतेसम्म श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । बूढानीलकण्ठ विद्याश्रमलाई सहयोगार्थ हरेक वर्षजस्तै यस वर्ष पनि हरिबोधनी एकादशीको अवसरमा उक्त महायज्ञ हुने भएको बूढानीलकण्ठ मन्दिरका (पीठाधिश्वर) स्वामी निगमानन्द महाराजले बताउनुभयो ।

प्रत्येक दिन बिहान ७ देखि ५ बजेसम्म सञ्चालन हुने उक्त महायज्ञमा पण्डित कपिलदेव सुवेदीले प्रवचन दिनुहुने भएको छ । बूढानीलकण्ठमा प्रत्येक वर्ष कात्र्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ढ दर्शन गर्न जाने भए पनि कात्र्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गर्दछ ।

सो मेलामा सांस्कृतिक झाँकीसमेत प्रदर्शन हुने बताइएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन शयन गर्नुभएका विष्णु कात्र्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुने भएकाले उक्त एकादशीलाई हरिबोधनी भनिएको हो । यो चार महिनाको समयलाई चतुर्मास पनि भन्ने गरिन्छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com