२ सय बर्षको इतिहासमा अमेरिकी नौसेनालाई छाता बोक्न अनुमति


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

अमेरिकामा अब सबै अमेरिकी नौसेना (मरिन) हरुले छाता बोक्न पाउने भएका छन् । २ सय बर्षभन्दा लामो इतिहासमा पहिलोपटक नौसेनालाई छाता बोक्न अनुमति दिइएको हो । अमेरिकी नौसेनाको युनिफर्ममा ल्याइएको नयाँ अपडेट अनुशार छाता बोक्न अनुमति प्रदान गरिएको हो ।

यसअगाडि अमेरिकामा महिला नौसेनालाईमात्र छाता बोक्न अनुमति थियो । सलाम गर्नमा बाधा हुने भन्दै उनीहरुलाई यस अगाडि छाता बोक्न अनुमति थिएन । महिलालाई भने बायाँ हातमा मात्र कालो रंगकोमात्र छाता बोक्न अनुमति थियो । ताकि दायाँ हातलाई सलामीका रुपमा सही तरिकाले प्रयोग गर्न सकियोस् ।

अहिले पुरुष नौसेनालाई छाता बोक्न अनुमति त दिइएको छ तर छाता कालो रंगकै हुनुपर्छ र बायाँ हातमा नै बोक्नुपर्छ । छाता बोकेको नौसेना भेटिनु यसअगाडि नै दुर्लभ दृश्य रहदै आएको थियो ।

सन् २०१३ मा तत्कालिन राष्ट्रपति बराक ओबामा र टर्कीका प्रधानमन्त्रीलाई नौसेनाले छाता ओढाइदिएको दृश्यले निकै चर्चा पाएको थियो । नौसेनाका प्रवक्तालाई यसलाई दुर्लभ र राष्ट्रपतिले आवश्यकता महसुस गरेकालेमात्र भएको बताएका थिए ।

नयाँ नियम अनुशार महिला नौसेनालाई कानमा चाँदी रंगका साना गहना लगाउन समेत अनुमति दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com