पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ डिस्चार्ज


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई बुधबार अस्पतालबाट घर लगिएको छ ।

सर्भिस इन्स्टीच्यूड अफ मेडिकल साईन्स (सीआईएमएस)मा केही हप्तादेखि उपचार गराइरहनु भएका सरिफलाई डिस्चार्ज गरेर आफ्नै निवास जाती उमरा पठाइएको हो ।

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि उहाँलाई गत अक्टोबर २२ तारिखका दिन अस्पताल भर्ना गरिएको थियो । उहाँको रगतमा समस्या रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

सरिफको पार्टी पाकिस्तान मुस्लीम लिग — नवाज (पीएमएल—एन) का प्रवक्ता मारियाम औराङजेबले जारी गरेको वक्तव्यका अनुसार सरिफको निजी निवासमा अति सघन कक्ष (आईसीयू) को व्यवस्था गरेर उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले सरिफका लागि घरमै चिकित्सकको समेत व्यवस्था गरिएको तर भेटघाट गर्न भने नदिइने भएको पनि जानकारी दिनुभयो ।

रोग थप बढ्न र बल्झिन सक्ने सम्भावना भएकाले चिकित्सकहरुको विषेश टोली नै बनाएर खटाइएको र अरूलाई भने भेट्न नदिइने व्यवस्था गरिएको चिकित्सकहरुलाई उद्धृत गर्दै प्रवक्ता औराङबेजले बताउनुभयो ।

भ्रष्टाचार गरेको ठहरसहित अदालतको आदेशमा कारागारमा रहनु भएका सरिफलाई स्वास्थ्यस्थीति गम्भीर भएपछि उपचार प्रयोजनका लागि अस्पताल लगिएको थियो ।

अस्पताल लगिएको केहीदिनपछि गत अक्टोबर २९ तारिखका दिन इस्लामाबादको उच्च अदालतले सरिफलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com