पोर्चुगलको राजधानी लिसबनमा वेब सम्मेलन सुरू, १६३ देशका ७० हजार सहभागी


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

7 November 2018; Tony Blair, Former UK Prime Minister, and Karen Tso, Anchor, Squawk Box, CNBC, on Centre Stage during day two of Web Summit 2018 at the Altice Arena in Lisbon, Portugal. Photo by David Fitzgerald/Web Summit via Sportsfile

विश्वका १६३ देशका करिब ७० हजार प्रतिनिधि सहभागी हुने वेब सम्मेलन–२०१९ पोर्चुगलको राजधानी लिसबनमा मङ्गलबारदेखि सुरू भएको छ ।

सम्मेलनलाई उद्घाटन गर्दै पोर्चुगलका अर्थतन्त्रव्यवस्था तथा डिजिटल ट्रान्जिसनमन्त्री पेद्रो सिजा भियराले भन्नुभयो, “यदि आजका दिनबाट १० वर्ष पहिलेलाई नियाल्ने हो भने आगामी दिनमा परिवर्तनको गति यो भन्दा अझै तीब्र हुने हामी विश्वस्त हुनुपर्ने एकमात्र आधार हुनेछ ।”

आगामी बर्षहरूमा पाँचौँ पुस्ताको (फाइभ–जी) प्रबिधिले विश्व मानव जगतमा मुलभूत परिवर्तन ल्याउने कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै चीनको प्रसिद्ध प्रबिधि कम्पनी हुवावेका अध्यक्ष कुओ पिङले बताउनुभयो ।

कुओले भन्नुभयो, “हुवावेले ‘स्मार्ट डिभाइस इकोसिस्टम’ ( वन प्लस ऐट प्लस एन) ल्याउने र यो योजनाले एआईमा आधारित ट्रयाकिङ प्रबिधि (ट्रयाक एआई) ले बालबालिकामा देखिने अन्धोपनका प्रारम्भिक सङ्केतहरूलाई पहिचान गर्ने लक्ष्य रहेको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हुवावेको रणनीति मोबाइल यन्त्रलाई क्लाउड (हुवावे मोबाइल प्रणाली) र एआई मोडेल आटर््स प्रणाली गरी दुई वर्गमा विभाजित गरी सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।

चार दिन लामो सम्मेलनमा करिब एक हजार २०० वक्ताले समूहगत आधारमा आफ्ना धारणा राख्नेछन् ।

आयरल्याण्डबाट सन् २००९ मा सुरू गरिएको वेब सम्मेलन विश्वकै सवैभन्दा ठूलो प्रबिधि, आविस्कार र उद्यमी कार्यक्रम रहेको मानिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com