आइतबार विहानै आकस्मिक सम्बोधन गर्दै ट्रम्प, के राजिनामा दिदैछन् डोनाल्ड ट्रम्प ?


प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार विहानै राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । शनिबार विहान ९ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जनाइएको छ । तर के विषयमा सम्बोधन गर्ने भन्नेबारे केही खुलाइएको छैन ।

ट्रम्पले राष्ट्रका नाममा मुख्य वक्तब्य दिने घोषणा हुनुअगाडि ट्वीटरमा एकदम ठूलो घटना भएको भन्दै ट्वीट गरेका थिए । तर के भयो भन्नेबारे उनले केही बताएका छैनन् । ट्रम्पले ट्वीट गरेको झण्डै एकघण्टापछि ह्वाइटहाउसले भोलि हुने सम्बोधन बारे जानकारी गराएको हो ।

ट्रम्पको ट्वीटपछि उनले राजिनामा दिनसक्ने भन्दै केहीले प्रतिकृया समेत जनाएका छन् । तर यसबारेका कुनै आधिकारिक समाचारभने आएको छैन । केहीदिन अगाडि ट्रम्प अर्गनाइजेशनकी पूर्व कार्यकारी बारबरा रेसले ट्रम्पले महाअभियोगको सामना गर्नुको साटो राजिनामा दिने बताएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भनेकी थिइन् मेरो भित्री आत्माले भन्छ कि ट्रम्पले राजिनामा दिनेछन् । उनी दोषी ठहर होलान् वा नहोलान् तर उनले महाअभियागको सामना गर्नुको साटो राजिनामा दिन्छन् जस्तो लाग्छ ।

ट्रम्प अहिले महाअभियोगको सन्दर्भ र सिरियाबाट अमेरिकी सेना फिर्तीको सन्दर्भमा विवादको भूमरीमा रहेका छन् । उनले यसै विषयमा सम्बोधन गर्ने हुन् वा अरु केही हो भन्ने बारे केही खुलाइएको छैन ।

ट्रम्पले ९ बजेर २३ मिनेट जाँदा त्यस्तो ट्वीट गरेका थिए । त्यसको झण्डै एकघण्टापछि ह्वाइटहाउसले ट्रम्पले भोलि गर्ने आकस्मिक सम्बोधनबारे जानकारी गराएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com