भाइ मसलाको गुणस्तर हेर्ने मेसिन छैन ….


प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार

मिठाई र त्यसमा प्रयोग हुने रङको परीक्षण गर्ने उपकरण नभएपछि काठमाडौं महानगरपालिकाले अहिलेसम्म ‘तिहार बजार’ अनुगमन गर्नसकेको छैन।

मासिक वा दैनिकजसो अनुगमन गर्नुपर्ने महानगरपालिकाले राजधानीका करिब ४० लाख जनताको स्वास्थ्यसँग जोडिएको मिठाईलगायत खाद्यपदार्थमा प्रयोग गरिने रङ, तेल, घिउ र अम्लीयपनको अनुगमन गर्न नसकेको स्विकारेको छ।

मिठाई र भाइ–मसलामा विभिन्न किसिमको मिसावट देखिने गरेको छ।तर तिहारमा अनुगमन गर्ने तयारी भए पनि उपकरण नभएकाले काम अघि नसरेको स्विकार्दै कामपा कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले भने– ‘उक्त उपकरण किन्न कामपाको खरिद इकाइमा फाइल पेस गरिएको छ, उपकरण आउनासाथ अनुगमन थालिन्छ।’

भण्डारीले उपभोक्ता संघ, वाणिज्य विभाग, उपभोक्ता हित तथा आपूर्ति विभाग, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, कामपा प्रहरीलगायत सरोकारवाला निकायका अधिकारीको सदस्यतामा गठित ९ सदस्यीय समितिले अनुगमन गर्ने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com