संचारकर्मीले शिष्टता र मर्यादा भुल्दै गए : प्रधानमन्त्री ओली


प्रकाशित मिति : आश्विन २८, २०७६ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा विर्सेकोमा असन्तुष्टी   व्यक्त गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले संचारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्ठी जनाउनुभएको हो । उहाँले भाषा र संस्कृति नबिर्सन सचेत पनि गराउनुभयो ।

उहाँले विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपार्टीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयापुस्ताले विर्सदै गएको बताउनुभयो । विशेष गरेर सामाजिक सञ्जाल र संचारक्षेत्रमा प्रयोग भएका भाषा प्रति उहाँले गम्भीर असन्तुष्ठी जाहेर गर्नुभयो । उहाँले भन्नुभयो “सभ्यताका पर्खालहरु बागमतिमा फालिए । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाई भन्दैन । तिमी भन्दा माथि उठेर । यो एउटा ट्रेन हो ।

किन भने अग्रेजीको ‘यु’ लोभ लागेर, अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाई भन्न गाहे लाग्यो । किन भने पैसावाला, डलरवाला, ‘यु’ वालाहरु ‘यु’ ले काम चलाउँछन् किन काम नचलाउने ? सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ । सानालाई तिमी भन्ने ठुलालाई तपाई भन्ने स्वभाविक हो । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ । ”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण एसियाका कतिपय देशहरुमा जनताको सार्वभौम सत्ता खोसिएको, कुण्ठित वा मृत अवस्थामा रहेको , बलको आधारमा शासन सत्ता सञ्चालन गर्ने प्रवृत्ति देखिएको तथा केहीले लोकतान्त्रिक व्यवस्था अबलम्बन गरि राजनितिक, आर्थिक अवस्था सुदृढ गर्दे विकासको बाटोमा सुपर पावरको अवस्थामा रहेको चर्चा पनि उहाँले गर्नुभयो । नेपाल लोकतान्त्रिक प्रणालीमा गएको भएपनि अझै पनि थिति नबस्दाका ‘धङधगीहरु’ कायमै रहेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “परिर्वतन भयो ।

थिति तर्फ हामी गयौ । थिति नबस्दाका धङधगीहरु छदै छन् । जसलाई फेरी हामी हिजोकै आदत अथवा हिजोका आदतले परिर्वतित सन्र्दभका छुटहरुलाई बेठिक ढंगले बुझ्ने प्रवृति पनि छदै छ । आलोचनात्मक चेत प्रमुख भएको अवस्था हाम्रो देशमा पनि छ । किन भने यसले अबको बाटो के हो भनेर जसरी समग्रतामा समाउन पर्ने त्यो अलि समात्न सकेको छैन ।”उहाँले कला, संस्कृति र साहित्यमा नेपाल विश्वकै तुलनामा धनी भएको भन्दै उहाँले कला, संस्कृति, सभ्यता र साहित्यलाई सम्वद्र्धन गर्दे अघि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले एसिया विकास र साहित्यको जननी भएको भन्दै उहाँले वास्तविक सुन्दर परम्परा र ऐतिहासिक सभ्यताको आधुनिक रुपमा विकास गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । अन्तरहिमाली सांस्कृतिक एवंम् साहित्यिक सम्बन्ध प्रबर्धनका लागि प्रतिष्ठानले चीन र दक्षिण एसियाका साहित्यकारहरुको सम्मेलन गरेको हो । सम्मेलन कात्तिक ३ गते सम्म चल्ने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com