एक लाखले गराए गर्भपतन, सबैभन्दा बढी काठमाडौंमा !


प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार

रिया भण्डारी/ नेपालमा आर्थिक वर्ष २०७५\७६ मा करिब एक लाखले गर्भपतन गराएका छन् । यसमध्ये ११ प्रतिशत किशोरी रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । सबैभन्दा बढी गर्भपतन काठमाडौंमा भएको छ ।

गर्भपतन प्रत्येक बर्ष बढ्दै गएको छ, त्यसमा पनि असुरक्षित गर्भपतन बढेको चिकित्सकहरु बताउछन् । आर्थिक बर्ष २०७५\७६ मा नेपाल सरकारबाट सुरक्षित गर्भपतन गराउने संस्थाहरु बाट मात्र गर्भपतन गराउने ९५ हजार ३ सय ६९ जना छन् ।

यस बाहेक अवैध रुपमा गर्भपतन गराउनेको संख्या अझ बढी हुनसक्ने बिशेषज्ञको अनुमान छ । कतिपय महिलाले आँफै मेडिकलबाट औषधि किनेर खाने र गर्भपतन गराउनेसम्म गरिरहेका छन्, यसले गर्दा गर्भपतन गराउनेको संख्या अझ धेरै हुन् सक्ने बिज्ञको अनुमान छ ।

पछिल्लो समय अप्रत्याशित रुपमा बढिरहेको गर्भपतनले नेपालको मातृ मृत्युदर बढाउने जोखिम पनि बढेको छ । कम उमेरमै गर्भपतन गराउदा महिलाको स्वास्थ्यमा दिर्घकालिन रुपमै गम्भीर असर पर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गर्भपतन गर्नु स्वास्थ्यलाई जोखिम त छ नै त्यसमा पनि कलिलैमा गर्भपतन गर्दा अझ बढी जोखिम हुन्छ । २० बर्षमुनिका महिलाले गर्भपतन गर्दा, धेरै पटक गर्भपतन गरेमा पाठेघर पातलो हुने, फुट्ने, पाठेघरमा बच्चा बसिहालेमा पनि नरहने, बच्चा नै नबस्ने लगायतका समस्या आउन सक्छ ।

त्यस्तै, गर्भपतनका कारण कयौं महिलामा मानसिक असर समेत पर्ने चिकित्सकहरुले बताएका छन् । गर्भपतन गर्दा धेरै रक्तश्राप भएर ज्यानै जान सक्ने हुनसक्छ । गर्भपतन गर्नु पर्ने अवस्था नै आउन नदिन यौन सम्पर्कका बेला परिवार नियोजनका साधन प्रयोग गर्नु पर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com