राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने


प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार

चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो ।

सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ । अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ । राष्ट्रपति सी बिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने वा भारतबाट फर्कँदा नेपाल आउने भन्नेमा टुंगो छैन ।

परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘हामीलाई दुवै तिथि स्वीकार्य भएको जानकारी गराएका छौं । असोज २३ गतेदेखि ३० भित्र कुनै न कुनै दिन राष्ट्रपति सी नेपाल भ्रमणमा आउनेछन् ।

सीको भारत भ्रमण निश्चित नहुँदा मिति तयमा ढिलाइ भएको अर्का अधिकारीले बताए । भारत भ्रमण रद्ध भए सी असोज २५ मा नेपाल आउनेछन् । नेपालले सीको भ्रमण एक रातका लागि तय गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको छ । चिनियाँ पक्षले सीलाई होटल सोल्टीमा बस्ने व्यवस्था मिलाउने र दुईपक्षीय भेट तथा औपचारिक कार्यक्रम पनि त्यही गर्ने तयारी गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com