आँधीबाट बहामसमा १३ हजार घर ध्वस्त, आज अमेरिका मुख्यभूमि छिर्दै


प्रकाशित मिति : भाद्र १६, २०७६ सोमबार

विनाशकारी आँधी डोरियनले बहामसमा झण्डै १३ हजार घरमा क्षति पुर्याएको छ । रेडक्रसका अनुशार बहामसमा आँधीका कारण कम्तीमा १३ हजार घरहरुमा क्षति पुगेको छ । तीमध्ये केही घरहरु ध्वस्त भएका छन् भने केहीमा नराम्रो क्षति पुगेको छ ।

आँधीका कारण अबाको आयल्याण्डमा ७ बर्षको बच्चाको निधन भएको छ भने उनकी बहिनी हराइरहेको जनाइएको छ । आँधीका कारण सबैभन्दा जनघनत्व भएकोमध्येको एक न्यु प्रोभिडेन्समा सम्पूर्णरुपमा विद्युत आपूर्तिमा अवरोध आएको छ । बहामसका प्रधानमन्त्रीले यो समय प्राथना र उद्दारको भएको बताएका छन् ।

बहामसमा आँधीका कारण इन्सुरेन्स उद्योगमा २५ बिलियनको क्षति पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आँधी आज दिउसो अमेरिकाको मुख्यभूमि फ्लोरिडामा प्रवेश गर्ने जनाइएको छ । आँधीले प्रभाव पार्नसक्ने सम्भावित क्षेत्रमा बस्नेहरुलाई आज अपरान्हसम्म उक्त स्थान छाडेर सुरक्षित स्थलतर्फ लाग्न स्थानीय सरकारहरुले चेतावनी दिएका छन् ।

फ्लोरिया, जर्जिया र साउथ क्यारोलिनाका १९ वटा काउन्टीका बासिन्दालाई उक्त स्थान अनिवार्यरुपमा छाडेर सुरक्षित स्थानमा लाग्न चेतावनी दिइएको छ । फ्लोरिडाका ८ काउन्टीका बासिन्दालाई भने स्वेच्छिक रुपमा स्थान छाड्न भनिएको छ । साउथ क्यारोलिना र जर्जियाका गभर्नरले आफूहरुले सबैलाई खुशी राख्न नसकेपनि सबैलाई सुरक्षित राख्न सकिनेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।

विनाशकारी आँधी डोरियन आइतबार बहामसमा प्रवेश गरेसँगै प्रलयकारी वितण्डा सुरु गरेको थियो । आइतबार विहानै १८५ माइल प्रतिघण्टाको गतिमा आएको उक्त आँधी पछि १७० माइल प्रतिघण्टाको गतिमा झरेको थियो । आँधी निकै सुस्त गतिमा अगाडि बढिरहेको छ ।

यो आँधी एटलान्टिकमा आएको अमेरिकी इतिहासकै दोश्रो ठूलो आँधी रहेको जनाइएको छ । यसअगाडि सन् १९८० मा एलेन नामको बलियो आँधी आएको थियो, जुन प्रतिघण्टा १९० माइलको गतिमा रहेको थियो ।

आँधीका कारण बहामसमा भवनहरु भत्किएको जनाएको छ भने कैयन स्थानमा पहिरो गएको छ । एल्बो के, म्यान ओ वार, मार्स हार्वर लगायतका क्षेत्रमा कैयन घरहरु डूबानमा परेका छन् । उत्तरी बहामसबाट भने क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

डोरियन आँधीका कारण सोमबार दिउसो फ्लोरिडाका विमानस्थलहरु बन्द गरिने भएको छ । आँधीका कारण ओल्र्याण्डो मेलबर्न इन्टरनेशनल एयरपोर्ट र फोर्ट लाउडरडेल हलिउड इन्टनेशनल एयरपोर्टले सोमबार दिउसो ब्यापारिक उडान र टर्मिनलहरु बन्द गर्ने घोषणा गरेका छन् ।

अहिलेसम्म ती विमानस्थलबाट उड्ने र अवतरण गर्ने सयौं उडानहरु स्थगित गरिएका छन् । आँधीका कारण फ्लोरिडामा कैयन विमानहरुले यात्रुहरुलाई विना थप शुल्क टिकटहरु परिवर्तन गर्ने सुविधा समेत दिएका छन् ।

आँधी खतराका हिसाबले अधिक खतरनाक अर्थात् पाँचौं श्रेणीको रहेको जनाइएको छ । सबैभन्दा कम खतरनाक आँधी पहिलो श्रेणीको हुनेगर्छ भने आँधीको गतिसँगै श्रेणीपनि बढ्दै जान्छ । १५७ माइल प्रतिघण्टा वा त्योभन्दा माथिको आँधी पाँचौं श्रेणीको मानिन्छ ।

मंगलबार आँधीको गति प्रतिघण्टा १४० माइलमा झर्ने अनुमान गरिएको छ । बुधबारपनि आँधीको गति तीब्र नै रहने जनाइएको छ । जर्जिया, साउथ क्यारोलिना र नर्थ क्यारोलिनामा आँधीको प्रभाव पर्ने अनुमान गरिएको छ । बिहिबार आँधीले क्यारोलाइना क्षेत्रमा पहिरो समेत जानसक्ने मौसमविदहरुले चेतावनी दिएका छन् । शुक्रबार नर्थ क्यारोलिनाको सामुन्द्रीक किनारहुँदै आँधी बाहिरिने अनुमान गरिएको छ ।

आँधीको समयमा घरभित्रै बस्न, झ्यालढोकाहरु प्लाइउडले संरक्षण गर्न, ताजा अपडेटका लागि स्थानीय रेडियो टेलिभिजन हेर्न, मोबाइल रेडक्रसको आपतकालिक एप्लिकेशन डाउनलोड गर्न, हरिकेन बत्ति राख्न, आफ्ना घरपालुवा जनावरमा पहिचान खुल्ने ट्याग लगाइदिन, स्थानीय आपतकालिन सेल्टरहरु खोज्न, प्लास्टिकका बोतलहरु पानीले भरेर राख्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com