नेपाली बालबालिका ६ देशमा तस्करी, सबैभन्दा बढी अमेरिकामा


प्रकाशित मिति : श्रावण २७, २०७६ सोमबार

नौ वर्षयता ६ मुलुकमा २० बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको सरकारी अभिलेख छ। ती मुलुकका तथ्यांक जोड्दा त्यही अवधिमा १ सय ५९ नेपाली बालबालिका त्यहाँ धर्मसन्तानका रूपमा लगिएका छन्।

बढी भएका १ सय ३७ जना कसरी गए रु यसले धर्म सन्तानका नाममा नेपालबाट बालबालिका तस्करी भइरहेको पुष्टि हुन्छ। सरकारले १८ मुलुकमा बालबालिकालाई धर्मपुत्र–धर्मपुत्री बनाएर पठाउँदै आएको छ। तीमध्ये अमेरिका र युरोपका ६ मुलुकले नेपालबाट आफ्नो देशमा पुर्‍याइएका बालबालिकाको सूची हेग कन्फे्रन्स अन प्राइभेट इन्टरनेसनल ल (एचसीसीएच) लाई बुझाउने गरेका छन्।

ती ६ मुलुकले सन् २०१० यता बुझाएका तथ्यांक जोड्दा १ सय ५७ नेपाली बालबालिका पुगेको पाइन्छ। यही अवधिमा १८ देशमध्ये बाँकी १२ वटामा ८२ बालबालिका पठाएको सरकारी तथ्यांक छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एचसीसीएचमा तिनले बुझाएको सूची पाउन नसकेकाले बाँकीको फरक भने थाहा हुन सकेन। तर, यसले अझ ठूलो संख्यामा नेपाली बालबालिका तस्करी भएको देखाउँछ। डेनमार्कले एचसीसीएचलाई बुझाएको सूचीमा नेपालबाट १७ बालबालिका लगिएको छ। तर, २ जना मात्र बालबालिका नेपालबाट डेनमार्क गएको तथ्यांक मन्त्रालयसँग छ। १५ जना तस्करीबाट पुर्‍याइएको यसले देखाउँछ।

फ्रान्सले सन् २०१० यता २१ नेपाली बालबालिका आफूसँग रहेको सूची एचसीसीएचलाई बुझाएको छ। तर, नेपालबाट १ मात्र बालिका त्यहाँ पुगेको तथ्यांक छ । यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com