विदेशीहरुको नेपालमा अपराध धन्दा ९ महिनामा १७५ पक्राउ


प्रकाशित मिति : श्रावण ६, २०७६ सोमबार

नेपाल प्रहरीले विगत नौ महिनामा विभिन्न किसिमका अपराधमा संलग्न १७५ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  प्रहरी प्रधान कार्यालयले तयार पारेको २०७५ साउनदेखि चैतसम्मको तथ्यांकअनुसार विभिन्न अपराध शीर्षकमा १७५ विदेशी नागरिक पक्राउ परेका छन् । तीमध्ये सबैभन्दा बढी लागूऔषध कारोबारको मुद्दामा पक्राउ परेका छन् । १०९ पुरुष र ४ महिला गरी कुल ११३ विदेशी नागरिक लागूऔषध मुद्दामा पक्राउ परेका हुन् ।

त्यस्तै, सो अवधिमा जबर्जस्ती करणीको मुद्दामा १९ र हातहतियार तथा खरखजाना मुद्दामा १५ विदेशी नागरिक पक्राउ परेको तथ्यांक नेपाल प्रहरीसँग छ । त्यस्तै, कर्तव्य ज्यान मुद्दामा तीन, ज्यान मार्ने उद्योगमा नौ, डाँका चोरीमा आठ, व्यक्ति अपहरणमा दुई, मानव बेचबिखनमा तीन र विस्फोटक पदार्थ मुद्दामा तीन जना विदेशी नागरिक सो अवधिमा पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआइजी सैलेश थापा क्षेत्रीले नेपालमा पक्राउ परेका विदेशी नागरिक व्यावसायिक रूपमा अपराध कर्ममा संलग्नदेखि तत्कालीन परिस्थितका कारण अपराध कर्ममा संलग्न रहेकासम्म पाइएको जनाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com