भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने दुई नेपाली युवा भएको पुष्टी, दाहसंस्कारका लागि सहयोग संकलन


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

गत शनिबार अमेरिकाको भर्जिनियाको फेयर फ्याक्स काउन्टी अन्तर्गत डुलास अन्तर्राष्ट्रिय बिमानस्थलको पूर्वपट्टी राजमार्ग २८ मा भएको दुर्घटनामा दुईजना नेपाली युवाको मृत्यु भएको छ । दुर्घटनामा दुबै जनाको घटनास्थल मै मृत्यु भएको थियो ।

घटनास्थल नक्सामा

सोमबारसम्म पनि मृतकको पहिचान हुन नसकेकोमा मंगलबार उनीहरु नेपाली विद्यार्थीहरु रहेको पुष्टी भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरु २९ बर्षका सुबीद सिंह र २८ बर्षका अन्जिल थापा रहेका छन् ।  सुबीदले गत जनवरीमा मात्र आफ्नो २९ औं जन्मदिन मनाएका थिए । डान्सरबाबुका रुपमा चिनिने अन्जिल नाचगानमा रुची राख्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुबै जना नर्दन भर्जिनिया कम्युनिटी कलेजमा अध्ययनरत थिए । सुबीद सिल्भर डाइनरमा मेनेजरका रुपमा काम गर्थे भने अञ्जिल आईनोभा अस्पतालमा कार्यरत रहेको जनाइएको छ ।

घटनास्थलमा भेटिएको मृतकको सुनको सिक्री ।

शनिबार बिहान साढे ४ बजे उक्त दुर्घटना भएको जनाइएको छ । उनीहरु सवार होन्डा सीआरभी गाडी बिजुलीको पोलमा ठोकिएको जनाइएको छ । घटना स्थलमै गाडी जलेको कारण सुरुमा मृतकको सनाखत हुनमा समस्या भएको थियो ।

उनीहरुको दाहसंस्करका लागि गोफण्डमीमा रकम संकलन अभियान चलाइएको छ । २० हजार डलरको लक्ष्यसहित संचालित उक्त अभियानमा यो समाचार तयार पार्दासम्म ९ हजारडलर भन्दा धेरै संकलन भइसकेको छ ।

तपाईपनि सहयोग गर्न चाहनुहुन्छ भने कृपया यो लिंकमा क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com