अमेरिका निवासी लेखक तथा संचारकर्मी डियर कल्याणलाई मातृशोक


प्रकाशित मिति : माघ १६, २०८० मंगलबार

अमेरिका निवासी लेखक तथा संचारकर्मी डियर कल्याणलाई मातृशोक परेको छ । रेडियोकर्मी तथा उपन्यासकार डियर कल्याणकी आमा नमादेवी गौतमको ९३ बर्षको उमेरमा दाङ स्थित आफ्नै निवासमा निधन भएको हो ।

नमादेवी गौतम नेपालका बाइसे/चौबिसे राज्य मध्यको अन्तिम राज्य उदयपुर (प्युठान)का अन्तिम राजा शान्तराज अधिकारीकी जेष्ठ सुपुत्री हुनुहुन्थ्यो । उहाँको शनिबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

आमाको निधनपछि डियर कल्याणले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ – ‘९३ वर्षको उमेरमा आमा आज परलोक हुनुभयो । साहित्यको नदी थियो मेरी आमा भित्र । त्यही साहित्यको फेरो समाएर हुर्केको म आज जे छु , यिनै आमाको देन हो । मेरी आमाको स्वर्गमा बास होस् ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com