एनआरएनए महासचिव गौरी जोशीलाई मातृ शोक, एनआरएन नेताबाट श्रद्धाञ्जली र समवेदना


प्रकाशित मिति : आश्विन २७, २०७९ बिहीबार

व्यवसायी तथा गैर आवासीय नेपाली संघ एनआरएनएका महासचिव गौरीराज जोशीलाई मातृशोक परेको छ । उनकी आमा भुपा कुमारी जोशीको ७२ वर्षको उमेरमा विहिवार चितवनमा निधन भएको हो ।

स्वर्गीय जोशी केही समय देखि अस्वस्थ्य हुनुहुन्थ्यो । उहाँको चिवतन स्थित अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। उहाँका चार छोरा र एक छोरी छन् । नेपाल र अमेरिकामा व्यवसाय गर्दै आएका गौरी जोशी माइला छोरा हुन् ।

आमाको स्वास्थ्य र हेरविचारका लागि केही दिन देखि गौरी जोशी नेपालमै थिए । शुक्रवार विहान देवघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ।

जोशी परिवारमा परेको यो शोक प्रति एनआरएनए पदाधिकारी लगायतले गहिरो दुख व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीकी आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएनए पूर्व अध्यक्ष जिवा लामिछानेले गौरी जोशीकी ममतामयी आमाको निधनको खबरले आफू दुखी भएको बताएका छन् ।

हप्ता दिन अघि अस्पतालमा भेट्दा आमाको स्वास्थ्य सुधारोन्मुख देखिएको स्मरण गर्दै लामिछानेले स्वर्गीय आमाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै गौरी जोशी लगायत शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com