अस्ट्रेलियामा नेपाली महिलाको रहस्यमय मृत्यु, कारण खोज्दै प्रहरी


प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार

अस्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको रहस्यमय मृत्यु भएको छ। सिड्नीमा गत शनिबार उनको मृत्यु भएको र मृत्यको कारण अहिलेसम्म खुल्ने नसकेको साउथएसिया डटकमले जनाएको छ। ती महिलाको मृत्युका बारेमा अनुसन्धान जारी रहेको न्यु साउथ वल्स प्रहरी अधिकारीले जनाएका छन्। बांक्स्टाउनमा अन्दाजी २३ वर्षीया नेपाली महिला वेबारिसे अवस्थामा भेटिएको स्थानीय प्रहरी अधिकारीले बताएका छन्।

प्रहरीको आपत्कालीन विभागलाई ती महिलाको बारेमा स्थानीय समयअनुसार ८:४५ मा सूचना आएको र प्रहरीले उनलाई तुरुन्तै अस्पताल पुर्‍याएको थियो। बांक्स्टाउन अस्पताल पुर्‍याइएकी उनलाई अस्पतालले ९:३५ मृत घोषणा गरेको न्यु साउथ वस्ट प्रहरीले जनाएको छ। उनको मृत्युको प्रकृतिका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ

। प्रमाण जुटाउने र घटनासँग सम्बन्धित परिस्थितहरूको बारेमा अध्ययन गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ। बांक्स्टन प्रहरी अधिकारीहरूले उक्त घटना लगत्तै अनुसन्धान सुरु गरेको बताएका छन्। उनी अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा आएको हो कि अरू कुनै प्रकृतिको भिसामा आएको हो भन्ने कुरा खुल्ने नसकेको प्रहरीले जनाएको छ। प्रहरीले उनको व्यक्तिगत विवरण पनि नखुलाएको अस्ट्रेलियाबाट संचालित साउथएसिया डट कमले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com