भिजिट भिसामा मानव तस्करी : कुटपिट गरेर दलाल संपर्कविहीन, पीडित घर फर्कन समेत पाएनन्


प्रकाशित मिति : पुस १, २०७५ आईतबार

उमाकान्त पाण्डे

युएईमा जागिर लगाइदिने भन्दै भिजिट भिसामा मानव तस्करी गर्ने गिरोह फेरि सकृय भएको पाइएको छ । जागिरको लोभ देखाई २४ जना युवालाई युएई ल्याएर अलपत्र बनाएपछि भिजिट भिसामा मानव तस्करी गर्ने गिरोह फेरि सक्रिय भएको खुलेको हो ।

नेपालमा दुई लाख २५ हजार रुपैयाँसम्म असुलेर काभ्रेका राजेन्द्र धितालले रसुवा कालिकास्थानका ठाकुरप्रसाद ढकालसहित २४ जनालाई अलपत्र पारेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेटिङमार्फत युएईको भिजिट भिसामा ल्याउने र अलपत्र पार्ने गरेको पीडितले बताएका छन । मानव तस्करी गर्ने गिरोहले युएईका सारजाह अलऐन र अजमानमा घर भाडामा लिएर भिजिट भिसामा यहाँ ल्याएका नेपालीलाई बन्दी बनाएर राख्ने गरेका भेटिएको छ ।

राम्रो जागिर लगाइदिने भन्दै ठगी

नेपालबाट पैसा मगाएर साथीहरु फर्किए पनि रसुवा ठाकुरप्रसाद ढकाल अझै पनि युएईमा अलपत्र हुनुहुन्छ ।

पहिले कतारमा काम गर्दा दलाल राजेन्द्र र पीडित ठाकुरप्रसादको चिनजान भएको थियो । त्यही बेलादेखि चिनजान भएकोले धितालले आफू हाल युएईमा काम गर्दै आएको र युएईमा राम्रो काम गर्ने भए आउ भनेर खबर गरेपछि ढकालले सजिलै पत्याउनुभयो ।

राजेन्द्रकी श्रीमती रीतालाई उनकै कोठामा पुगेर ठाकुरले ८० हजार रुपैयाँ दिनुभएको थियो भने बाँकी १ लाख ४५ हजार रुपैयाँ डलर साटेर राजेन्द्रलाई युएईमा दिनुभएको थियो ।

युएई ल्याएर सारजाहमा राखेको र त्यहाँबाट दलाल राजेन्द्र अलएैन सरेपछि आफू अलपत्र परेको ठाकुर प्रसादले बताउनुभयो । धिताल आफैं पनि युएईमा अबैधानिक रुपमा रहेको र अहिले युएईले दिएको आममाफी प्रकृयामार्फत ‘जब सिकर’ (काम खोज्नको लागि दिइने अवसर)को ६ महिने भिसा लगाएर बसेका छन् ।

बसपार्कमा भेटिने सहयोगीसँग सहयोग मागेर राजेन्द्रलाई खोज्दै उहाँ अलऐन पुगेको पनि एक महिना भयो । दलाल राजेन्द्र फेरि संपर्कविहीन छन् ।

सहयोग माग्दा कुटपिट

ठाकुरप्रसादले आफ्नो पासपोर्ट दलालले चिनाएका गोरखाका मिस्टर बाबु सुर्खेतीलाई भिसा लगाइदिन भन्दै बुझाउनु भएको थियो । सुर्खेतीले आबुधाबी कोअपमा १२ सय तलबमा काम लगाइदिने भन्दै पासपोर्ट लगे । त्यसपछि ठाकुरप्रसादलाई खान र बस्नको समेत समस्या भयो ।

पैसा भएन । ठाकुरप्रसादले दलाल राजेन्द्रसँग सहयोग मागिरहनु भएको थियो । ‘काममा लगाउन नसक्ने भए नेपाल पठाउनुस् भनेको, राजेन्द्र आबुधाबी पुलिस फोर्स अन्तर्गत अलऐनमा काम गर्ने हेमन्त गुरुङको कोठामा बसेर रक्सी खाइरहेका थिए, मलाई त्यहाँ देखेपछि किन यहाँ आएको भन्दै मुक्का हान्यो,’ ठाकुरप्रसादले सुनाउनुभयो ।

आफूलाई राजेन्द्रले ल्याएको र सहयोग माग्न आएको भन्दा हेमन्तले नै रक्सीको बोतलले आक्रमणको प्रयास गरे । ‘उसले लात्तीले हान्दा आँखा मुनी चोट लाग्यो, आँखाबाट रगत बगेको देखेर अस्पताल लाने त भनेका थिए तर लगेनन्,’ ठाकुरले गुनासो गर्दै भन्नुभयो । उहाँले प्रहरीमा गएर हेमन्त बिरुद्ध उजुरी दिनुभयो ।

प्रहरीमा उजुरी गरेपछि हेमन्तले अस्पताल पुर्याएर उपचार गरिदिए । तर दलाल राजेन्द्र संपर्कविहिन भए ।

पीडितको पासपोर्ट लगेका गोरखा घर भई सारजाहमा कार्यरत स्थानीय दलाल मिस्टर बाबु सुर्खेतीले ४ हजार दिर्हाम अर्थात झन्डै एक लाख ३० हजार दिए मात्रै ठाकुरको पासपोर्ट फिर्ता दिने भनेपछि उहाँले एनआरएन अलएैनमार्फत उद्दारका लागि युएईमा रहेको नेपाली दूतावासमा निवेदन दिनुभएको छ । पासपोर्ट नभएकै कारण उहाँ घर फर्किन पाउनुभएको छैन ।

एनआरएनएको सहयोग

दलाल राजेन्द्र बस्दै आएको कोठा छोडेर भागेपछि उहाँ अलपत्र पर्नुभएको छ । एनआरएन अलऐन क्षेत्रीय समितिका अध्यक्ष गोपाल पौडेलले आफ्नै कोठामा खान बस्न सहयोग गरिरहनु भएको थियो ।

पीडितलाई संघसस्थाले आश्रय दिने, दलालहरु उम्किने भन्दै तस्करहरुलाई कारबाही गरेर पिडकमार्फत क्षतिपूर्ति दिलाएर पीडितलाई नेपाल फर्काउन अनुरोध गर्दै दूतावासलाई अनुरोध गरेपछि अहिले ठाकुरलाई दूतावासको सहयोगमा कुटपिट गर्ने गुरुङले नै केहीदिन यता आश्रय दिएका छन ।

मानव तस्करी गर्ने गिरोहले पासपोर्ट समेत जफत गरेर राख्ने र नेपाली तस्करबाट दूतावासले पासपोर्ट मागेर पीडितलाई न्याय दिन नसकेकोप्रति युएईमा रहेका संघसस्थाले चासो देखाएका छन् ।

तस्करलाई कारबाही गर्न सारजाह प्रशाशनलाई पत्राचार गरिएको र थप अनुसन्धान भईरहेको नेपाली दूतावास युएईले जनाएको छ ।

पीडितलाई नेपाल फर्काउन अलऐन, तथा आबुधाबी अध्यागमन तथा स्थानीय प्रशाशनसँग समन्वय गरिरहेको युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले उज्यालोलाई जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com