पोर्चुगलमा समाजसेबी मिरा पराईको हिन्दु संस्कार अनुसार दाहसंस्कार


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

नेपाल पोखरा तथा मुस्ताङ ठिनी निवासी बिगत ५ सालदेखि पोर्चुगल लिस्बोन बस्दै आएकी मिरा पराई (खाती) को हिन्दु परम्परा अनुसार एनआरएन पोर्चुगल तथा प्रवासी नेपाली एकता मंचको अगुवाईमा सिमितिरोयो कामराट स्थित घाटमा मौन धारण गर्दै अन्तिम दाहसंस्कार गरियो।

युके, जर्मनी, नर्वेबाट आफन्तजन आएर अन्त्येष्टी कार्यक्रममा संस्कार अनुसार शंख फुक्दै, जौं तिल छर्किदै सेतो बाटो चेलीले समाउदै आफन्तले कान्धा दिएपछि सुनको टुक्रा जल धुप बत्ती गर्दै छोरा प्रनिलले दागबती दिएका हुन्।

छोरी प्रियंका र श्रीमान् प्रेमलाललगायत आफन्तजन र उपस्थित अगुवा तथा उपस्थितिजनहरुबाट श्रद्धाञ्जली अर्पण गरेपछि दागबत्ती दिएको हो।

नेपाली नारी समाज पोर्चुगलकी संस्थापक सदस्य, कास्की समाज पोर्चुगलकी संस्थापक सचिव, प्रवासी नेपाली एकता मंचकी सकृय सदस्य, महिला अभियान्ता, एनआरएनए पोर्चुगलका सल्लाहकार एवं पराइ नेपालीको ३८ वर्षको उमेरमा उपचारका क्रममा क्यान्सर रोगबाट पोर्चुगलको राजधानी लिस्बोनमा ५ डिसेम्बर २०१८ का दिन निधन भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रद्धाञ्जली दिन पोर्तुगल स्थित नेपाली कन्सुलर मकर हमाल सहित सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधिहरु र ठूलो संख्यामा परिवारजन, नातेदार र सर्वसाधारणको उपस्थिति रहेको कार्यक्रममा एनआरएन पोर्तुगलको अध्यक्ष कुबेर कार्की तथा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष गोबिन्द पौडेलले सकृय समाजसेवी स्व. मिराको बिगतका सामाजिक सकृयताको बारेमा प्रष्त्याएका थिए भने मोना समाजका पूर्व उपाध्यक्ष गोपाल परियारले स्वर्गीय मिराको पारिवारिक बाताबरण र उनको जीवनी बारे जानकारी दिएका थिए।

थाक परियार समाजको परम्परा अनुसार आज शुरु भएको क्रियाकाज संस्कार ३ दिनपछि भाग फालेर अस्तु घरमा लिएपछि मेन्दु राखी कोरा बस्नी र अन्तिम दिन घाटमा १३ चुला जोडी अस्तु समुन्द्रमा सेलाउनी र केही अस्तु वर्ष दिनमा कागबेनिमा कपाल मुण्डन गरी मुक्तिनाथमा माने बनाई राखिने उनको परिवारले बताएका छन्।

साथै पोर्तुगल स्तिथ विभिन्न संघ संस्थाको अगुवाईमा १३ औं तिथीको पुन्य अवसरमा कुखुरापार्कमा श्रद्धाञ्जली कार्यक्रम राखिने जनाईएको छ।

स्मरण रहोस् स्वर्गीय मिरा पराईको पति एनआरएन पोर्चुगलका सल्लाहकार, प्रवासी नेपाली एकता मञ्चका उपाध्यक्ष, जातीय उत्पीडित समाज युरोपका उपाध्यक्षलगायत बिभिन्न संघ संस्थामा आवद्ध रहेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com