जी २० सम्मेलनमा भाग लिन अमेरिकाका राष्ट्रपति ट्रम्प अर्जेन्टिना प्रस्थान


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२० (जी२०) को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ । यो बैठकमा राष्ट्रपति ट्रम्पले व्यापारसम्बन्धी चीनसँगको विवाद र युक्रेनमाथि रुसले गरेको अतिक्रमणलाई मुख्यरुपमा उठाउने अनुमान गरिएको छ ।

यसैसाताको अन्त्यतिर हुने बैठकमा विश्वको वित्तीय सङ्कटका विषयमा अमेरिकी प्रशासनको रबैयाविरुद्ध मोर्चाबन्दी हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) समेतका विश्वस्तरीय विभिन्न निकायले अमेरिकी नीतिले विश्वको व्यापार र आर्थिक विकासमा मन्दी आउने चेतावनी दिइआएका छन् ।

विश्वको कूल आर्थिक उत्पादनको झण्डै ८० प्रतिशत हिस्सा ओगटेका प्रमुख २० राष्ट्रका नेताहरु विश्वका आर्थिक सङ्कटसँग जुध्न सन् २००८ नोभेम्बरमा भेला भएका थिए । तर अमेरिका प्रथम भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नीतिसँगै उक्त एकतामा सङ्कट आएको छ । खासगरी, ब्राजिल, इटाली र मेक्सिकोजस्ता देशहरुमा प्रचारमुखी नेताहरु चुनिएका कारण पनि जी२० समूहमा अन्यौल कायम छ ।

ट्रम्पले चिनीया आयातमा करवृद्धि गरेसँगै विश्व बजारमा हलचल उत्पन्न भएको छ । उहाँले आगामी जनवरी २०१९ मा थप करवृद्धि हुने चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले चिनीया राष्ट्रपति सी जिनपिङसँग हुने भेटका क्रममा चीनमाथि आफ्नो बजार अझ खुला गर्न दबाब दिने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरले बेइजिङले अर्थपूर्ण सुधारका कुनै कदम नचालेको आरोप लगाउँदै चिनीया सवारी साधनमाथि थप करवृद्धि गर्ने चेतावनी दिनुभयो ।

यहीबीच राष्ट्रपति सीले बौद्धिक सम्पत्तिको सुरक्षामा चीनले थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तर चीनमा रहेका विदेशी कम्पनीहरुले चिनीया प्रतिबद्धता नित्यकर्मजस्तै भएको तर कार्यान्वयन हुने नगरेको बताएका छन् ।

यहीबीच, संयुक्तराज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संशोधित उत्तर अमेरिकी व्यापार सम्झौता (युएसएमसीए) मा शुक्रबार हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । यो सम्झौता लगत्तै राष्ट्रपति ट्रम्पले विदेशी कारको आयातमा करवृद्धि गर्ने, युरोप र खासगरी जापानमाथि थप दबाब दिने सम्भावना रहेको छ ।

जी२०को बैठक अघि प्रकाशित प्रतिवेदनमा आइएमएफले सवारी साधनमा हुने करवृद्धिले विश्व अर्थतन्त्रमा करिब २५ प्रतिशतले मन्दी आउने उल्लेख गरेको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) ले विश्वको आर्थिक वृद्धिमा पनि असर पार्नेछ, आइएमएफका प्रमुख क्रिस्टिन लागार्डले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com