अमेरिकाको चर्चमा गोली चल्दा २ महिलाको मृत्यु, प्रहरी सहित ३ घाइते


प्रकाशित मिति : असार ३०, २०८२ सोमबार

अमेरिकाको केन्टुकी राज्यको लेक्जिङ्टनमा गोली लागेर २ महिलाको मृत्यु भएको छ । प्रहरी सहित ३ जना घाइते भएका छन ।

रिचमन्ड रोड बाप्टिस्ट चर्चमा भएको गोलीकाण्डमा दुई महिलाको मृत्यु भएको हो । दुई पुरुष र एक राज्य प्रहरी सहित तीन जना घाइते भएका अधिकारीहरुले बताएका छन ।

गोलीकाण्ड ब्लु ग्रास एयरपोर्ट नजिक भएको हो । राज्य प्रहरीले टर्मिनल ड्राइभमा एउटा सवारीलाई रोकेपछि अचानक चालकले गोली चलाएको थियो ।

त्यसपछि संदिग्ध व्यक्ति भागेर अर्को सवारी अपहरण गर्दै १५ माइल टाढा रहेको रिचमन्ड रोड बाप्टिस्ट चर्च पुगेको जानकारी लेक्जिङ्टन प्रहरी प्रमुख लरेन्स वेदर्सले एक पत्रकार सम्मेलनमा दिएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चर्च पुगेपछि संदिग्धले त्यहाँ रहेका व्यक्तिहरूलाई लक्षित गरी गोली चलाएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । तीन जना प्रहरी अधिकृतहरूले जवाफी कारबाही गर्दै गोली हानेपछि हमलाकारी घटनास्थलमै मारिएका थिए ।

रिचमन्ड रोड बाप्टिस्ट चर्च एक सानो आपसी सम्बन्धमा आधारित समुदाय हो । फायेट काउन्टीका कोरोनर गेरी जिनका अनुसार चर्चका धेरै सदस्यहरू आपसका आफन्त छन्।

उक्त चर्च एक “स्वतन्त्र, सॉवरेन ग्रेस, मिसनरी न्यू टेस्टामेन्ट बाप्टिस्ट चर्च” हो भन्ने विवरण वेबसाइटमा उल्लेख छ । घटना भइरहेको बेला चर्चको प्रवचन फेसबुकमा प्रत्यक्ष प्रसारण हुँदै थियो । जहाँ पादरीले मृत्युको विषय झण्डै १० पटक उल्लेख गरेका थिए।

प्रहरीले हमलाकारीको पहिचान गरिसकेको भए पनि पारिवारिक सूचनाको अभावका कारण नाम सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार हमलाकारीको चर्चसँग कुनै व्यक्तिगत सम्बन्ध हुन सक्ने संकेत देखिएको छ । तर थप विवरण दिइएको छैन।

गोलीकाण्डको कारण र संदिग्धको उद्देश्यबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com