डब्लुएफपीले भन्यो – कोषको अभावले खाद्य सहायतामा कटौती गर्न बाध्य तुल्यायो


प्रकाशित मिति : असार १७, २०८२ मंगलबार

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले कोषको गम्भीर अभावले जीवन बचाउने खाद्य सहायतामा कडा कटौती गर्न बाध्य पारेको भन्दै छिमेकी देशहरूमा भागेका लाखौँ सुडानी शरणार्थीहरू भोकमरी र कुपोषणमा गहिरो डुब्ने जोखिम रहेको चेतावनी दिएको छ ।

डब्लुएफपीले अन्तर्राष्ट्रिय समुदायलाई सुडानका शरणार्थी र उनीहरूलाई समर्थन गर्ने आयोजक समुदायका लागि खाद्यान्न र पोषण सहायता कायम राख्न थप स्रोत परिचालन गर्न आग्रह गरेको छ ।

राष्ट्रसङ्घीय एजेन्सीले सात छिमेकी देशमा भागेका शरणार्थीहरूलाई आपत्कालीन सहायता प्रदान गर्न तुरुन्तै परिचालन गर्दा निरन्तर खाद्य सहायता चाँडै उपलब्ध कोषभन्दा बढी आवश्यक रहेको जनाएको छ ।

आगामी छ महिनासम्म छिमेकी देशहरूमा सुडानी शरणार्थीहरूका लागि आपत्कालीन प्रतिक्रिया कायम राख्न डब्लुएफपीलाई २० करोड अमेरिकी डलरभन्दा बढी आवश्यक रहेको औँल्याउँदै एजेन्सीले स्रोत अभावका कारण सहयोग आगामी महिनाहरूमा रोक्न सक्ने चेतावनी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एजेन्सीका अनुसार सुडानभित्रका सबैभन्दा कमजोरहरूका लागि जीवन बचाउने कार्यका लागि थप ५७ करोड ५० लाख डलर आवश्यक छ ।

“सुडानबाट भागेका लाखौँ मानिस पूर्णरूपमा डब्लुएफपीको समर्थनमा निर्भर छन्, तर थप कोषबिना हामी खाद्य सहायतामा थप कटौती गर्न बाध्य हुनेछौँ । यसले कमजोर परिवारहरू र विशेष गरी बच्चाहरूलाई भोकमरी र कुपोषणको बढ्दो गम्भीर जोखिममा छोड्नेछ”, सुडान क्षेत्रीय सङ्कटका लागि डब्लुएफपीका आपत्कालीन संयोजक शन ह्युजले भने, “अन्ततः, मानवीय सहयोगले मात्रै द्वन्द्व र जबरजस्ती विस्थापनको अन्त्य गर्न सक्दैन–राजनीतिक र विश्वव्यापी कूटनीतिक कार्य युद्धको अन्त्य गर्न तत्काल आवश्यक छ ताकि शान्ति र स्थिरता फिर्ता हुन सकोस् ।”

सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र द्रुत समर्थन बलहरू बीच द्वन्द्व सुरु भएदेखि सुडानले ठूलो विस्थापन सङ्कटको अनुभव गरेको छ, लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । यसलाई विश्वको सबैभन्दा खराब विस्थापन सङ्कट बनाएको संयुक्त राष्ट्रसङ्घको रिपोर्टले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com