टेक्सास इन्स्ट्रुमेन्ट्सले अमेरिकामा सेमिकन्डक्टर उत्पादन विस्तार गर्न ६० बिलियन डलर लगानी गर्ने


प्रकाशित मिति : असार ४, २०८२ बुधबार

अमेरिकाको टेक्नोलोजी कम्पनी टेक्सास इन्स्ट्रुमेन्ट्सले अर्धचालक (सेमिकन्डक्टर) उत्पादन विस्तार गर्न ६० बिलियन डलरभन्दा बढी लगानी गर्ने भएको छ ।

कम्पनीले घोषणा गरेको छ कि कम्पनीले अमेरिकामा अर्धचालक (सेमिकन्डक्टर) उत्पादन विस्तार गर्न ६० बिलियन डलरभन्दा बढी लगानी गर्ने घोषणा गरेको हो ।

यो लगानी राष्ट्रपति डोनाल्ड ट्रम्पको “अमेरिकामै उत्पादन गरौं” अभियानसँग मिल्दोजुल्दो कदमका रूपमा आएको देखिएको छ । जसले एप्पल, सामसङजस्ता ठूला प्रविधि कम्पनीहरूलाई स्वदेशमै उत्पादन गर्न दबाव दिइरहेको छ ।

कम्पनीका अनुसार यो लगानी टेक्सास र युटाह राज्यमा ७ वटा सेमिकन्डक्टर फ्याब्रिकेशन प्लान्टहरू (कारखाना) बनाउन खर्च हुनेछ । जसले ६० हजार भन्दा बढी रोजगारी सिर्जना गर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम्पनीले ट्रम्प प्रशासनसँग मिलेर स्मार्टफोन, डाटा सेन्टर, कार आदिमा प्रयोग हुने महत्वपूर्ण चिपहरू अमेरिकामै उत्पादन गर्न काम गरिरहेको छ ।

यो कदम चीनसँग प्रविधि क्षेत्रमा प्रतिस्पर्धा गर्न र अमेरिकी निर्माण उद्योगलाई प्रवर्द्धन गर्न ट्रम्प प्रशासनको दीर्घकालीन रणनीति अन्तर्गत परेको छ ।

टीआई ले यसलाई ‘अमेरिकाको इतिहासमै सेमिकन्डक्टर उत्पादनमा गरिएको सबैभन्दा ठूलो लगानीू भनेर दाबी गरेको छ । अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिक ले ‘राष्ट्रपति ट्रम्पले अमेरिकामा अर्धचालक उत्पादन बढाउने कुरालाई प्राथमिकतामा राखेको बताएका छन ।

टीआई सँगको साझेदारीले अमेरिका दशकौंसम्म चिप्स उत्पादनको केन्द्रमा रहने सुनिश्चित गर्नेछ । ट्रम्पले प्रविधि उद्योगमा उत्पादनको पुन स्थापना अभियान तीव्र पारेका छन् । केही अमेरिकी कम्पनीहरूले ठूलो लगानीको घोषणा गरेका पनि छन् ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुका तीन महिनामा विदेशी वस्तुहरूमा व्यापक शुल्क लगाएका छन् । उनको दाबी छ कि यसले अमेरिकी रोजगारी बढाउने र विदेशी व्यापारमा भइरहेको अन्याय हटाउनेछ ।

ट्रम्प मोवाइल नामक नयाँ कम्पनीले आगामी सेप्टेम्बरमा अमेरिकामै डिजाइन र उत्पादन गरिएको स्मार्टफोन बजारमा ल्याउने तयारी गरिरहेको छ ।

तर विज्ञहरूका अनुसार आइफोन जस्ता जटिल उपकरणहरू अमेरिका भित्र उत्पादन गर्नु हालको अवस्थालाई हेर्दा अत्यन्तै चुनौतीपूर्ण हुनेछ ।

टेक्सास इन्स्ट्रुमेन्ट्सको यो लगानी अमेरिकी निर्माण उद्योग र प्रविधि आत्मनिर्भरताको दिशामा एक ऐतिहासिक कदम मानिएको छ ।

आगामी दशकहरूमा अमेरिका र चीनबीचको प्रविधि प्रतिस्पर्धामा निर्णायक भूमिका खेल्न सक्ने अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com