अष्ट्रेलियामा समलिंगी र उभयलिंगी पुरुषहरूले रक्त र प्लाज्मा दान गर्न पाउने नियम लागू हुँदै


प्रकाशित मिति : असार ३, २०८२ मंगलबार

person in white long sleeve shirt with red and white heart tattoo on right hand

फोटो : कियान झाङ

अष्ट्रेलियामा समलिंगी र उभयलिंगी पुरुषहरूले अब रक्त र प्लाज्मा दान गर्न पाउने भएका छन ।

त्यहाँको सरकारले लगाएको पुराना प्रतिबन्ध हटाउन थालेसंँगै अष्ट्रेलियामा समलिंगी र उभयलिंगी पुरुषहरूले रक्तदान र प्लाज्मा दान गर्न पाउने भएका हुन ।

प्लाज्मा दान सम्बन्धी नयाँ नियम १४ जुलाई २०२५ देखि लागू हुनेछन् । रक्तदान सम्बन्धी परिवर्तन भने २०२६ मा कार्यान्वयनमा आउनेछ ।

यौन सक्रिय समलिंगी र उभयलिंगी पुरुषहरूलाई रक्तदान वा प्लाज्मा दान गर्न प्रतिबन्ध लगाउने कानून अष्ट्रेलियामा लामो समयदेखि लागू रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो नियम पहिले एचआईभी संक्रमणको जोखिम उच्च भएको समूहबाट रक्तदानको खतरा घटाउने उद्देश्यले लागू गरिएको थियो । तर अब बेलायत र अमेरिकाले गरेजस्तै अष्ट्रेलियाले पनि यस्तो प्रतिबन्ध हटाउने घोषणा गरेको हो।

यौन क्रियाकलापमा आधारित सबै प्रतिबन्धहरू प्लाज्मा दानका लागि पूर्ण रूपमा हटाउने अष्ट्रेलिया पहिलो देश बन्न लागेको राष्ट्रिय रक्तदान संस्था लाइफब्लड ले जनाएको छ।

यो निर्णय देशको स्वास्थ्य उत्पादन नियामकद्वारा स्वीकृत भइसकेको छ । यसबाट ६ लाख २५ हजार नयाँ रक्तदाता थपिने अनुमान गरिएको छ ।

अघिल्लो नियम अनुसार गत तीन महिनामा पुरुषसँग यौन सम्बन्ध राखेका पुरुषहरू र ट्रान्सजेन्डर महिलाहरू, साथै यौन व्यवसायीहरू र उभयलिंगी पुरुषसँग यौन सम्बन्ध राख्ने महिलाहरू रक्त वा प्लाज्मा दान गर्न अयोग्य मानिन्थे।

तर अब ६ महिनाभन्दा लामो समयदेखि एउटै पार्टनरसँग यौन सम्बन्धमा रहेका मानिसहरू चाहे जेन्डर वा यौन पहिचान जे भए पनि – रक्तदानका लागि योग्य हुने भएका छन्।

अबदेखि लाइफब्लड ले मानिसहरूलाई ‘तपाईंले पछिल्लो तीन महिनामा पुरुषसँग यौन सम्बन्ध राख्नुभएको छ’ ? भनेर सोध्ने छैनन।

त्यसको सट्टामा, सबै दाताहरूलाई ‘के तपाईंले पछिल्लो तीन महिनामा नयाँ वा एकभन्दा धेरै पार्टनरसँग गुदा मैथुन गर्नुभएको छ’ ? भनेर सोधिनेछ ।

एचआईभी रोकथामका लागि प्रयोग गरिने औषधि लिनेहरू पनि अब प्लाज्मा दान गर्न योग्य हुनेछन् । यद्यपि तिनीहरू अझै रक्तदान गर्न भने अयोग्य नै रहनेछन्।

हालैका वर्षहरूमा विश्वभर र अष्ट्रेलियामा प्लाज्माको माग ऐतिहासिक रूपमा उच्च भएको छ । यस कारण लाइफब्लडले यो परिवर्तनबाट आपूर्ति थप बढ्ने आशा राखेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com