ट्रम्पको व्यापक कर योजनाले विश्व वित्तीय बजारमा हलचल, नीति नरम पार्ने छैन संकेत


प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक कर योजनाले विश्व वित्तीय बजारमा ठूलो असर पारेको छ। सोमबार अमेरिकी स्टकहरू थप अस्थिरताको लागि तयार भए । ट्रम्पले विदेशी सरकारहरूलाई आफूले ‘औषधि’ भनेर नामकरण गरेको कर हटाउन ‘धेरै पैसा’ तिर्नुपर्ने चेतावनी दिएका छन्।

एसियाली बजार डुबेका छन्, युरोपेली शेयरहरू १६ महिनाको न्यूनतम स्तरमा पुगेका छन् । तेलको मूल्यमा समेत ठूलो गिरावट आएको छ। लगानीकर्ताहरूले ट्रम्पको कर नीतिले उच्च मूल्य, कम माग र विश्वव्यापी मन्दी निम्त्याउने डर व्यक्त गरेका छन्। गोल्डम्यान स्याक्सले आगामी १२ महिनामा अमेरिकामा मन्दीको सम्भावना ४५ प्रतिशत पुगेको जनाएको छ भने जेपी मोर्गनले अर्थतन्त्र ० दशमलव ३ प्रतिशत संकुचन हुने अनुमान गरेको छ।

ट्रम्पको कदमविरुद्ध युरोपेली संघका मन्त्रीहरू सोमबार संयुक्त मोर्चा बनाउने प्रयासमा बैठक गर्दैछन् । उता, चीनले प्रतिशोधी कर लगाएको छ । चीनले ट्रम्पको व्यवहारलाई ‘आर्थिक धम्की’  रुपमा उल्लेख गरेको छ । ताइवानमा शेयरहरू १० प्रतिशतले झरेका छन् भने हङकङ र मेनल्याण्ड चाइनामा पनि ठूलो गिरावट देखिएको छ।

‘मानिसहरू डराउँछन् कि सबैभन्दा खराब अझै आउन बाँकी छ’, डकोटा वेल्थ म्यानेजमेन्टका रोबर्ट पावलिकले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले भने आफ्नो नीति नरम पार्ने संकेत गरेका छैनन्। ‘कहिलेकाहीँ ठीक गर्न औषधि लिनुपर्छ’, उनले भने।

वाल स्ट्रीटका नेताहरूले यो करले ‘आर्थिक आणविक जाडो’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com