अखण्ड भण्डारीको ‘बोरा’लाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार


प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार

‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार – २०८१’ अखण्ड भण्डारीको ‘बोरा’ले हात पारेको छ । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८१’ का लागि ‘बोरा’ कृतिलाई छनोट गरेको हो ।

स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट अखण्ड भण्डारीकृत ‘बोरा’ आख्यानले ’लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१’ हात पारेको हो । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८१ (राष्ट्रिय) को पुरस्कार राशि ५० हजार रहेको छ ।

यस्तै, ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार –२०८१’ लामो समयदेखि पत्रकारिता गर्दै आएका शङ्कर श्रेष्ठले पाउने भएका छन् । लालबन्दी नगर वाङ्मय स्थानीय प्रतिभा पुरस्कारको राशि २५ हजार राखिएको छ । लालबन्दी नगर वाङ्मय परिषद्ले साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८१ पत्रकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि ५० हजार र सम्मान पत्र रहेको छ ।

पुरस्कारहरू वि.सं.२०८१ मङ्सिर १५ गते शनिवार लालबन्दीमा प्रदान गरिने छ । साहित्यका माध्यमबाट क्रुर जहानियाँ राणा शासनको अन्त्यका लागि होमिँदा होमिँदै सहिद बन्न पुगेका ‘मकै’ पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा पुरस्कार कोषको स्थापना गरिएको र सोही कोषको ब्याजको रकमबाट उक्त पुरस्कार वर्ष २०८१ बाट प्रदान गर्न प्रारम्भ गरिएको परिषद्ले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com