लेखक तथा पत्रकार खड्काको गैरआख्यान कृति ‘आनन्द संहिता’ बजारमा


प्रकाशित मिति : श्रावण १७, २०८१ बिहीबार

अल्केमी पब्लिकेशन्सले लेखक तथा पत्रकार घनश्याम खड्काको गैरआख्यान कृति ‘आनन्द संहिता’ प्रकाशनमा ल्याएको छ ।

पाठकहरुद्वारा रुचाइएको उत्प्रेरणादायी उपन्यास ‘निर्वाण’का लेखक समेत रहेका खड्काको पछिल्लो कृती आनन्द संहिता आनन्दपूर्ण जीवनको अनुवोध कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छ ।

मानिसले जीवनमा सबै काम आनन्द पाइएलाकी भनेर गरे पनि अन्ततः दुःखले अत्याउने गरी घेर्न किन पुग्छ र त्यस अवस्थाबामा कसरी मुक्त हुने भन्ने बारे पुस्तकमा अन्तदृष्टियुक्त विवेचना गरिएको छ ।

‘जीवनभर सबैले आनन्दकै खोजी गरिरहे पनि अधिकांशको जीवनमा परिणाम भने ठीक विपरित हात लाग्ने हुनाले आम रुपमा दुःख नै जीवनको सत्य हो भन्ने भान पर्न गएको छ’ पुस्तकका सम्बन्धमा प्रकाशक संस्था अल्केमीले भनेको छ, ‘यद्यपि, खोजलाई समुचित ढङ्गले ठीकठीक विधिका साथ अगाडि बढाउन सके जो–कसैको जीवनमा जुनसुकै परिस्थितिमा पनि आनन्द सम्भव भन्ने सत्यको आलोकमा पुस्तक विरचित छ जो आनन्द चाहने सबका लागि उपयोगी पठन हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खड्काद्वारा सिर्जित गैरआख्यान पुस्तक ‘आनन्द संहिता’को प्रत्येक अध्यायमा आनन्द प्राप्तिको सरल तर अद्भुत मीमांशासहित अन्त्यमा त्यसको प्रयोग गर्ने विधिसमेत छ । पुस्तकले आनन्द प्राप्तिको विभिन्न विधि र दृष्टिकोणलाई सूक्ष्म रूपमा विश्लेषण गर्दै जीवनका साना ठूला सबै व्यवधानबाट सजिलै गरी पार पाउने बाटाहरुका बारेमा पनि सुझबुझपूर्ण बर्णन छ ।

‘आनन्द संहिताका प्रत्येक अध्यायमा आनन्द प्राप्तिको सरल तर गहिरो मीमांसा प्रस्तुत गरिएको छ, जसको अन्त्यमा त्यसको प्रयोग गर्ने व्यावहारिक विधिसमेत छ’ पुस्तकका सम्बन्धमा पब्लिकेशन्सले भनेको छ, ‘यो सझबुझपूर्ण दृष्टिकोणले पाठकलाई आफ्नो मनोचिकित्सक आफैं बन्ने अद्वितीय अवसर पनि दिएको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com