‘सीआईबीको प्रहरी हौँ’ भन्दै २ करोड लुटपाट, प्रहरी हबल्दारसहित ४ जना पक्राउ


प्रकाशित मिति : असार ११, २०८१ मंगलबार

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएका चार व्यक्ति काठमाडौँ, ११ असार ः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर ददिकोटका डिल्लीराज राउतको रु दुई करोड लुटपाटमा संलग्न रहेको अभियोगमामा मङ्गलबार पक्राउ गरिएका चार व्यक्ति । पक्राउ पर्नेमा ओखलढुङ्गा मानेभन्ज्याङ–३ घर भइ हाल ललितपुर बस्ने ३५ वर्षीय मोनाराज राई, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ३१ वर्षीय भीमबहादुर तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ बस्ने ३१ वर्षीय सुजन रसाईली तथा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भई हाल नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’ मा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार कृष्णबहादुर बोहरा रहेका छन् । तस्बिर ः विमलबहादुर विष्ट÷रासस

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटका डिल्लीराज राउतको दुई करोड लुटपाटमा संलग्न रहेको अभियोमा प्रहरी हबल्दारसहित चारजनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार ओखलढुङ्गा मानेभन्ज्याङ–३ घर भइ हाल ललितपुर बस्ने ३५ वर्षीय मोनाराज राई, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ३१ वर्षीय भीमबहादुर तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ का ३१ वर्षीय सुजन रसाइली तथा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भई हाल नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’ मा कार्यरत ३८ वर्षीय प्रहरी हबल्दार कृष्णबहादुर बोहरालाई पक्राउ गरिएको हो ।

उक्त कार्यालयले आज पत्रकार सम्मेलन गरेर आरोपितहरूलाई सार्वजनिक गर्दै उनीहरूले यही असार ४ गते आफूहरु नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा आबद्ध रहेको बताउँदै राउतको घरभित्र प्रवेश गरी धम्क्याएर दराजमा राखेको रु दुई करोड लुटेर फरार भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com