नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग तेस्रो टी- २० खेल्दै, क्लिनस्वीपबाट बच्ने चाहना


प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार

नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ । आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रनले तथा दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । शुक्रबार पहिलो खेलमा नेपाल ‘ए’ले लोकेश बमले शतकीय पारी खेले पनि नेपाली टोली विजयी हुन भने सकेन् । आयरल्याण्डले दुई सय २३ रनको चुनौती दिए पनि नेपालको पारी १९ दशमलव तीन ओभरमा दुई सय एक रनमा समेटियो । नेपालका लागि बमले ५६ बल खेल्दै नौ चौका र आठ छक्काको मद्दतमा एक सय ६ रन बनाएका थिए । यस्तै आशिफ शेखले ४९ रन बनाए ।
आयरल्यान्ड ‘ए’सँगको पहिलो खेलमा बलिङतर्फ भने नेपाल ‘ए’ का कमलसिंह ऐरीले तीन तथा सागर ढकाल र आरिफ शेखले एक एक विकेट लिएका थिए ।
यस्तै शनिबार भएको दोस्रो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’सामु जितका लागि दुई सय २५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाल ‘ए’ले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८४ रन मात्र बनाउन सक्यो । उक्त खेलमा ब्याटिङतर्फ देव खनालले ४७, बसिर अहमदले २७, बिनोद भण्डारीले २६ र  लोकेश बमले २५ रन बनाए ।
बलिङतर्फ भने सो खेलमा नेपाल ‘ए’का सागर ढकालले तीन तथा कमलसिंह ऐरी र पवन सर्राफले एक एक विकेट लिए । दुवै खेलमा नेपाल ‘ए’ले सुरुआती ब्याटिङ उत्कृष्ट गरेपनि मध्यक्रम र तल्लोक्रम चल्न नसक्दा हार बेहोर्नु परेको हो । मध्यक्रम र तल्लोक्रमका ब्याटरले सम्हालिएर खेल्न नसक्दा आयरल्यान्ड ‘ए’सँगको शृङ्खला नेपाल‘ए’ले गुमाउन पुगेको हो । नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग बुधबारदेखि तीन एकदिवसीय सिरिज खेल्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com