बसमा सँगै बसेका व्यक्तिको प्रलोभनमा परी विवाह, भारत पुगेर बेचिनबाट जोगिएपनि ठगीइन्


प्रकाशित मिति : चैत्र ९, २०८० शुक्रबार

अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ ।

पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा परेकी छिन् । उनी भारत पुगेर पनि बेचिनबाट त जोगिइन् तर ठगीमा परिन् । लोभमा गिरोहसँग बिहे गर्न पुगिन् । नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला बेचबिखन तथा ठगीमा परेकी छिन् ।

प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ती महिला काठमाडौँबाट साथी भेट्न पोखरा जाने क्रममा सँगै बसको सिटमा पौडेल भेटिएका थिए । यात्राकै क्रममा उनीहरुबीच कुरा हुँदै जाँदा प्रलोभनमा पारी विवाह गरेर महिलालाई बिक्रीको प्रयास गरेका पाइएको छ ।

पीडितकै रु छ लाखसमेत उनले ठगी गर्न सफल भएका छन् । ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले सुरुमा आफू अविवाहित रहेको, तिमी मलाई मनप¥र्यो म तिम्रो बहिनीको उपचारका लागि पूर्ण सहयोग गर्छु, मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल पु¥याएर बिहे गरी बेचबिखन गरेको पाइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले आफन्तहरुबाट सापट मागेर पीडितकी बहिनीको उपचारका लागि रु ७० लाखभन्दा बढी पैसा जम्मा गरिदिएको छु, त्यो निकाल्न रु छ लाख लाग्छ भनी पीडितबाट रु छ लाख लिएर ठगी गरेको पनि पाइएको मिश्रले जानकारी दिनुभयो ।

उनले मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल लगी आफ्नै साथीलाई डाक्टर देखाई झुक्यानमा पारेको पनि खुल्न आएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनले विभिन्न बहाना बनाई मानव बेचबिखन गर्ने उद्देश्यले पटकपटक नेपालको सीमा नजिक भारतको बजार पु¥याइएकामा चेलिबेटी बेचबिखनविरुद्ध संस्थामा कार्यरत महिलाले बेचबिखनमा पर्नसक्ने जानकारी गराएपश्चात् महिला नेपाल फर्की आएकी थिइन् ।

त्यसपछि पीडित महिलाले ब्युरोमा दिएको जाहेरीका आधारमा ब्युरोले पक्राउ गरी उनीविरुद्ध अहिले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको मिश्रले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com