अन्तर्राष्ट्रिय टि-२० शृङ्खला : फाइनलमा चुक्यो नेपाल, पपुवा न्यूगिनीलाई उपाधी


प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि- २० शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको हो ।
जितसँगै पपुवा न्यूगिनीले प्रतियोगिताको उपाधि उचाल्दा नेपाल भने दोस्रो स्थानमा रह्यो । त्यस्तै हङ्कङ तेस्रो भयोे । नेपालले हिजो भएको खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसअघि नेपाल र हङकङबीच भएको खेल वर्षाका कारण रद्द भएको थियो । हिजै भएको अर्को खेलमा पपुवा न्यूगिनीले हङकङलाई १० विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको थियो ।
आजको खेलमा पपुवा न्यूगिनीले जितका लागि दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । सन्दिप जोराले सर्वाधिक १७ रनको योगदान दिए । उनले १३ बलमा तीन चौका प्रहार गर्दै १७ रन बनाएका हुन् ।
आरिफ शेखले १५ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १२ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । गुल्सन झा र लोकेश बमले समान ६÷६ रन जोडे भने कुशल भुर्तेलले ५ रन बनाए । त्यसैगरी विनोद भण्डारीले ४ रन जोड्दा करण केसी तीन रनमा आउट भए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा पपुवा न्यूगिनीका कबु मोरे, सेसे बाउ, चाद सोपर र सेमो कमेले समान दुई/दुई विकेट लिए भने एली नाओले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७१ रनको योगफल बनाएको थियो ।
पपुवा न्यूगिनीका लागि टोनी उराले अर्धशतक प्रहार गरे । उनले ३७ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ६१ रन बनाएका हुन । त्यसैगरी एली नाओले अविजित ३० रन बनाए । त्यसैगरी  हिरि हिरिले १५, हिला भारेले १८, चाद सोपरले १३ र किप्लिङ डोरिगाले १४ रन बनाएका थिए ।
नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीनरतीन विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक  विकेट लिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com