वाफ महिला च्याम्पियनसिपको फाइनल खेल बिहीबार, नेपालकी सावित्रा भण्डारी खेल्न नपाउने


प्रकाशित मिति : फाल्गुन १६, २०८० बुधबार

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन विरुद्धको फाइनल खेल नखेल्ने जनाइएको हो । गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

साम्बा फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन् । उक्त क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति रहेको छ । जसअनुसार साम्बाले फाइन खेल खेल्न नपाउने भएकी हुन् ।

यसअघि समूह चरण र सेमिफाइलका खेल भने फिफा विन्डोमा भएका कारण उनले खेलेकी हुन् । फाइनल भने फिफा विन्डो बाहिरको खेल हो । वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त चार खेलमा उनको गोल सङ्ख्या नौ रहेको छ । साम्बा फ्रेन्च लिग खेल्ने साउदी अरेबियाबाट फ्रान्स जाने एन्फाले जनाएको छ । उक्त प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ९साम्बा० ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिको फाइनल खेल गुमाउने भएकी छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन विरुद्धको फाइनल खेल नखेल्ने जनाइएको हो । गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

साम्बा फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन् । उक्त क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति रहेको छ । जसअनुसार साम्बाले फाइन खेल खेल्न नपाउने भएकी हुन् ।

यसअघि समूह चरण र सेमिफाइलका खेल भने फिफा विन्डोमा भएका कारण उनले खेलेकी हुन् । फाइनल भने फिफा विन्डो बाहिरको खेल हो । वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन् ।

उक्त चार खेलमा उनको गोल सङ्ख्या नौ रहेको छ । साम्बा फ्रेन्च लिग खेल्ने साउदी अरेबियाबाट फ्रान्स जाने एन्फाले जनाएको छ । उक्त प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com