आइसीसी क्रिकेट विश्वकप लिग-२ : अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग ८ विकेटले पराजित


प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार

घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङख्लाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ ।
जितका लागि नेपालले दिएको एक सय ७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउदै पूरा गर्‍यो । नेदरल्यान्डसको जितमा विक्रमजित सिंहले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४६ रन बनाउदा माइकल लेभिटले ३९ रन र म्याक्स ओडाउडले २८ रन जोडे ।
नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिह ऐरीले समान एक÷एक विकेट लिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै एक सय ७२ रनको योगफल बनाउन सक्यो ।
नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै  करण केसीले २६ रन बनाउदा  आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झा पाँच  रन बनाए ।
नेदरल्याण्डसका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीनरतीन  विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।
यस जितसँगै नेदरल्यान्डसले प्रतियोगितामा चार अङ्क जोडेको छ । नेदरल्यान्डसले नामिबियालाई पहिलो खेलमा सात विकेटले हराएको थियो भने दोस्रो खेलमा नामिबियासँग २४ रनले पराजित भएको थियो ।
नेपालले लिग( २ को पहिलो चरणको खेल सकिदा दुई अङ्क बटुलेको छ । नेपालले नेदरल्यान्डसलाई नौ विकेटले पराजित गरेको थियो भने नामिबियासँग पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा दुई विकेटले पराजित भएको थियो ।
नामिबियाले तीनमा जित हासिल गर्दै छ अङ्क बटुलेको छ । नामिबिया लिग दुईको शीर्ष स्थानमा छ । नेदरल्यान्डस चार खेलमा दुईमा जित तथा दुई खेलमा हार बेहोर्दै चार अङ्कका साथ दोस्रो स्थानमा छ । समान चार खेल खेलको नेपालले एकमा जित तथा तीनमा हार बेहोर्दै दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com