हिउँले सेताम्मे मनाङ


प्रकाशित मिति : फाल्गुन १०, २०८० बिहीबार

हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको छ । अनुकूल समयमा यस वर्ष मनाङमा पर्याप्त हिमपात हुन सकेन । तर समय घर्किसकेपछि हिमपात भएको छ । कम मात्रामा हिमपात भए पनि पर्याप्त भने पर्न सकेको थिएन । यस वर्ष फागुन दोस्रो साताबाट मात्रै भारी हिमपात भएको छ ।

बुधबार साँझदेखि यहाँ हल्का हिमपात सुरु भएकामा रातभर भारी हिमपात भएको छ । समय घर्किसकेपछि परेको हिमपातले यहाँका घर, डाँडाकाँडा सेताम्मे भएका छन् । समयमा हिउँ परेको भए हिउँदमा पनि पर्यटक हिउँ खेल्न आउने गर्दथे । तर यस वर्ष समयमा हिउँ नपर्दा पर्यटक भने आउन सकेनन् । हिमपात भारी भएपछि पर्यटक हिउँ खेल्न आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कम मात्रामा हिउँ परिरहेकै हो । चिसो अत्यधिक नै थियो । तर हिजो साँझदेखि रातभर भने भारी हिउँ पर्यो । जसले किसानलाई खुसी बनाएको छ । यसले पर्यटकलाई आकर्षण पनि गर्नेछ ।” जाडो छल्न बाहिर गएका मनाङी जिल्ला फर्किरहेको उहाँले बताउनुभयो । अब खेती गर्ने याम पनि सुरु हुने भएकाले हिमपात भएपछि किसान हर्षित भएको प्रजिअ लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मनाङी जिल्ला भित्रिन थालेकाले विद्यालय, होटल पनि खुल्न थालेका छन् । जसले गर्दा अब यहाँ पर्यटक भित्रिने समय भएको छ । जाडो कम हुन थालेपछि सहज बन्दै जानेछ । तर पर्यटक तथा स्थानीयवासीलाई चिसोले हुनसक्ने स्वास्थ्यको सचेतता अपनाउन आग्रह गरेका छौँ ।” यहाँको मौसम अनुकूल बन्दै गएपछि अब पूर्वाधार निर्माणका कामले पनि गति लिने प्रजिअ लामिछानेले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिउँले नै यहाँको कृषि क्षेत्र सिञ्चित हुने भएकाले पनि यहाँका किसानमा खुसी छाएको छ । समयमा कम मात्रामा परेको हिउँले बेमौसममा परेको हिउँलाई पछिसम्म सिञ्चित गर्नेछ । जसले गर्दा किसानमा खुसी छाएको छ ।

पर्यटन क्षेत्रको आकर्षणको केन्द्र मनाङमा अब पर्यटक आउने याम सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । याम सुरु भएसँगै पर्यटक आगमन हुने भएकाले सचेत भएर आउन उहाँको आग्रह छ । उहाँले भन्नुभयो, “पहिलेको तुलनामा अहिले हिमपात हुने समय फेरिएको छ । विशेषगरी मङ्सिरदेखि माघसम्म भारी हिमपात हुने समय हो । तर अहिले फागुनदेखि मात्रै भारी हिमपात हुने गरेको पाइन्छ । यसले गर्दा यहाँ आउने पर्यटकले जोखिमलाई ध्यान दिएर यात्रा गर्न सुझाउँछौँ ।”

हिमपात तथा बेमौसममा पनि यहाँ दैनिकरूपमा १५ देखि २० पर्यटक आउने गरेको उहाँले जानकारी दिनुभयो । त्यसै पनि मनाङको अन्नपूर्ण पदमार्ग जोखिम नै छ । तर यहाँको मौसमलाई ध्यान दिएर मात्र यात्रा गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले परेका हिउँ घाम लागेपछि पग्लिने हुन्छ । जसले गर्दा जोखिम बढी हुन्छ । हिउँ थुप्रिएर रहेको स्थानमा सतर्कता अपनाउनुपर्ने हुन्छ । पर्यटकले यसलाई ध्यान दिनुपर्ने हुन्छ ।”

हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरतासँग रमाउँदै मनाङबाट पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्लापास पार गर्दछन् । अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला पार गरी मुस्ताङको मुक्तिनाथ हुँदै पोखरा जाने गर्दछन् । मनाङ आउने पर्यटक केही अन्नपूर्ण पदमार्गमार्फत थोराङ्ला भञ्ज्याङ जान्छन् भने केही पर्यटक पाँच हजार दुई सय मिटर उचाइमा अवस्थित काङ्लापास पार गरी मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल निस्कने गर्दछन् ।

मनाङ आएका पर्यटक विश्वकै अग्लो स्थान चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित तिलिचो ताल, चार हजार छ सय मिटर उचाइमा अवस्थित आइसलेक, तीन हजार पाँच सय मिटर उचाइमा रहेका गङ्गापूर्ण ताल पुग्ने गर्दछन् । तर गङ्गापूर्ण ताल भने अहिले बगरको रूपमा परिणत भएको छ ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पदयात्रा सुरु हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत् मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com