शारीरिक सुगठनमा जमेका ‘सुनिल’, सन्तुलित आहारमा मात्रै मासिक ६० हजार खर्च


प्रकाशित मिति : आश्विन १८, २०८० बिहीबार

डेढ दशकअघि घरबाट विद्यालय जाँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोवरियाका सुनिल चन्द कभर्डहल पुगेर जिम गरिरहेको हेर्न खुबै रहर गर्थे । यहाँको राष्ट्रिय बाल विद्यालयमा माध्यमिक तह अध्ययन गर्दा घरबाट हिँडेर विद्यालय पुग्ने चन्द बाटोमा पर्ने कभर्डहल ‘जिम हाउस’ नपुगेको दिन हुन्थेन् ।

एसएलसी सकेर बिदाको समय कभर्डहल परिसरमा रहेको जिममा प्रशिक्षण थालेका चन्दले एक दशकपछि सुदूरपश्चिमबाटै पहिलोपटक नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ६५ किलो तौल समुहमा काष्य पदक जिते ।

सुदूरपश्चिममै व्यावसायिकरुपले शारीरिक सुगठनमा लागेका चन्दले राष्ट्रियस्तरमा हुने हरेक प्रतियोगितामा भाग लिनुका साथै रित्तो हात बिरलै फर्किनुपरेको छ । ३२ वर्षीय चन्दले हालै कैलालीको धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम श्री शारीरिक सुगठनको उपाधिसमेत जितेका छन् ।

“स्कुल जाँदा बाटोबाट सधैँ रहरले जिम हेर्थे, पछि गएर अभ्यास नै गर्न थालेँ”, चार महिना भारोत्तलनसमेत खेलेका चन्दले भने, “त्यो बेला व्यावसायिक रुपले भन्दा पनि फिटनेसका लागि जिम गर्ने मात्रै थिए ।” महेन्द्रनगरमा रोयल व्यायामशालासमेत सञ्चालन गरिरहेका चन्दले यहाँ युवाको आर्कषणले थप उत्साह मिलेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“शारीरिक सुगठन स्वास्थ्यसँगै अनुशासन र राम्रो आनाबानीको विकासका लागि निकै सहयोगी छ”, उनले भने, “अहिले युवाले यसलाई सकारात्मक रुपमा अङ्गीकार गरेको पाउँछु ।” उनले नियमित प्रशिक्षण र भोजनको सन्तुलनमा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

हाल कञ्चनपुरको महेन्द्रनगरमा चार वटा जिम हाउस सञ्चालनमा छन् । “पछिल्लो समय स्वास्थ्यप्रति सचेत भएर फिटनेसमा ध्यान दिनेको जमात बढ्दै छ”, चन्दले भने, “शारीरिक सुगठनले ढिलो गरी भए पनि सुदूरपश्चिममा व्यावसायिकता पाउँदैछ ।”

महेन्द्रनगरदेखि स्नातक पढ्न काठमाडौँ पुग्दासम्म चन्दले शारीरिक सुगठनलाई निरन्तरता दिएको बताए । “स्नातक सकेर महेन्द्रनगरमै आएर जिम खोले”, उनले भने, “जिमको आम्दानीले आफ्नो सामान्य खर्च मात्रै चलेको छ ।” उनले शारीरिक सुगठनका प्रतियोगितामा भाग लिनुअघि तयारीमा मात्रै लाखौँ रकम खर्च हुने गरेको बताए ।

डेढ दशकदेखि शारीरिक सुगठनमा सक्रिय चन्दले सन्तुलित आहारमा मात्रै मासिक रु ६० हजार खर्च हुने गरेको बताए । मिस्टर हिमालयलगायतका थुप्रै राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुँदै आएका चन्दले यसमा आबद्ध खेलाडीलाई सङ्गठित गर्न शारीरिक सुगठनको जिल्ला सङ्घ गठनको गृहकार्य गरिरहेको बताए ।

“जिल्ला खेलकुद समितिसित समन्वय गरेर सङ्घ गठनका लागि लागिरहेका छौँ”, उनले भने, “विभिन्न कुलतमा युवा लाग्नुभन्दा खेलकुदमा आकर्षित गराउने खालका योजना ल्याउन जरुरी छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com