एक महिनाअघि कुकुरले टोकेको कुरा लुकाएका १४ वर्षीय बालकको मृत्यु


प्रकाशित मिति : भाद्र १९, २०८० मंगलबार

भारतको उत्तर प्रदेशको गाजियाबादमा कुकुरको टोकाइबाट १४ वर्षीय बालकको मृत्यु भएको छ । बालकलाई करिब एक महिनाअघि कुकुरले टोकेको थियो तर डरका कारण बालकले बाबुआमालाई जानकारी दिएनन् ।

समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै आठ कक्षामा अध्ययनरत शाहवाजको सोमबार साँझ मृत्यु भएको जनाएको छ ।

प्रहरीका अनुसार अनुसार शाहवाज विजय नगर पुलिस स्टेशन क्षेत्र अन्तर्गत पर्ने चरण सिंह कालोनीका बासिन्दा थिए। साहवाजलाई करिब एक महिनाअघि छिमेकीको कुकुरले टोकेको थियो तर डरले बाबुआमासँग यो कुरा लुकाएका थिए ।

यसपछि उनलाई रेबिज भयो र सेप्टेम्बर १ मा उनले असामान्य व्यवहार गर्न थाले। परिवारले प्रश्न सोध्दा शाहवाजले आफूलाई छिमेकीको कुकुरले टोकेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिवारले शाहवाजलाई उपचारका लागि दिल्लीको सरकारी अस्पतालमा लगे तर उनलाई त्यहाँ भर्ना गरिएको थिएन। शाहवाजलाई अन्ततः आयुर्वेदिक उपचारका लागि बुलन्दशहर लगिएको परिवारले प्रहरीलाई बताएको छ ।

तर बुलन्दशहरबाट गाजियाबाद फर्कने क्रममा एम्बुलेन्समै बालकको मृत्यु भएको थियो ।

कोतवाली क्षेत्रका एसीपी निमिश पाटिलले यस विषयमा उजुरी दर्ता भएको र कुकुरको मालिकलाई कारबाही गरिने बताए।

-बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com