प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्री किरातीको पिताप्रति श्रद्धाञ्जलि


प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

पुल्चोकस्थित मन्त्री निवास पुगेर उहाँले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । प्रधानमन्त्री दाहालले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा समवेदनासमेत प्रकट गर्नुभएको छ ।

यस्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सहरी विकासमन्त्री सीता गुरुङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीलगायत मन्त्रीले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

मन्त्री किरातीका बुवाको ७६ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको हो । उहाँ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com