भारतीय बहुप्रतिक्षित मिशन चन्द्रयान-३ तयार, जुलाई १४ मा प्रक्षेपण गरिँदै


प्रकाशित मिति : असार २२, २०८० शुक्रबार

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) को बहुप्रतिक्षित मिशन चन्द्रयान-३ प्रक्षेपणको अन्तिम चरणमा छ। आइएसआरओले यस मिशनको बारेमा निरन्तर जानकारी आदान प्रदान गरिरहेको छ। यसैबीच, आइएसआरओले  चन्द्रयान-३ अब १३ जुलाईको सट्टा १४ जुलाईमा प्रक्षेपण गरिने जनाएको छ ।

यसअघि बुधबार आइएसआरओले एउटा भिडियो जारी गरी श्रीहरिकोटाको सतीश धवन स्पेस सेन्टरमा रहेको चन्द्रयान-३ को इनक्याप्सुलेटेड एसेम्बली LVM3 सँग जोडिएको जानकारी दिएको थियो। चन्द्रयान-३ इनक्याप्सुलेटेड एसेम्बलीमा अवस्थित छ। आइएसआरओले एक भिडियो जारी गरेको छ, जसमा LVM3 सँग इनक्याप्सुलेटेड एसेम्बल गरिएको देख्न सकिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चन्द्रयान-३ को ल्यान्डरमा चार पेलोडहरू छन् भने छ पाङ्ग्रे रोभरमा दुईवटा पेलोडहरू छन्। चन्द्रयान-३ को ल्यान्डर र रोभरलाई त्यही नाम दिने निर्णय भएको आइएसआरओले जनाएको छ, जुन चन्द्रयान-२ को ल्यान्डर र रोभरको नाम थियो। चन्द्रयान-३ को ल्यान्डरको नाम विक्रम, भारतीय अन्तरिक्ष कार्यक्रमका पिता विक्रम साराभाईको नाममा र रोभरको नाम प्रज्ञान राखिनेछ।

किन चन्द्रयान-३ मिसनको विशेष छ  ?

अहिलेसम्म विश्वका जति देशले चन्द्रमामा आफ्ना सवारी साधन पठाएका छन्, ती सबै चन्द्रमाको उत्तरी ध्रुवमा अवतरण गरेका छन् तर चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो अन्तरिक्ष अभियान हुनेछ । केही वर्षअघि आइएसआरओले चन्द्रयान–२ लाई चन्द्रमाको दक्षिणी ध्रुवमा पनि अवतरण गरेको थियो तर अन्तिम केही मिनेटमा सम्पर्क टुटेपछि मिसन असफल भएको थियो ।

यसपटक चन्द्रयान–२ मिशनको सफलताका लागि नयाँ उपकरण बनाइएको छ । यस मिशनमा एल्गोरिदमहरू सुधार गरिएको छ। चन्द्रयान–३ मिसनको अवतरण स्थललाई ‘डार्क साइड अफ मुन’ भनिन्छ किनभने यो भाग पृथ्वीको अगाडि नआउने गर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com