अर्घाखाँची अस्पतालको भवन निर्माण गर्न सांसद घिमिरेको पहलमा ६ करोड विनियोजन


प्रकाशित मिति : असार १, २०८० शुक्रबार

अर्घाखाँची अस्पतालको भवन निर्माणका लागि प्रदेश सरकारले ६ करोड रुपैयाँ छुट्याएको छ । प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेको पहलमा लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची अस्पतालको भवन निर्माणका प्रदेश सरकारले ६ करोड रुपैयाँ छुट्याएको हो ।

शुक्रबार प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गर्दै प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले भने, “ ५० शैंयामा स्तरोन्नती भएको अर्घाखाँची अस्पताल, सन्धिखर्कको बहुबर्षिय भवन निर्माणका लागि रु ६ करोड विनियोजन गरेको छु ।”

लुम्बिनी प्रदेशले गत जेठ २६ गते आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

प्रदेश सभा सदस्य घिमिरेले अर्घाखाँची जिल्ला अस्पताललाई भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए । घिमिरेले अस्पताल बहुवर्षिय योजनाको रुपमा सम्पन्न हुने विश्वास दिलाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com