अमेरिकी रक्षामन्त्री अस्टिनले अर्को साता भारत भ्रमण गर्ने


प्रकाशित मिति : जेष्ठ १२, २०८० शुक्रबार

अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्नुहुने भएको छ ।

अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने क्रम जारी राख्ने क्रममा उनले रक्षामन्त्री राजनाथ सिंह र अन्य नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ । यो भ्रमणले नयाँ रक्षा नवप्रवर्तन र औद्योगिक सहयोग पहललाई गति दिने र संयुक्त राज्य अमेरिका र भारतीय सेनाबीच सैन्य परिचालन सहयोग विस्तार गर्न जारी प्रयासहरूलाई गति दिने अवसर प्रदान गर्ने बताइएको छ ।

भारत आउनुपूर्व अमेरिकी रक्षामन्त्री लोयडले जापानको भ्रमण गर्नुहुनेछ । जापानमा रहँदा रक्षामन्त्री यासुकासु हमादा र अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्नुका साथै जापानमा तैनाथ अमेरिकी सेनाको गतिविधिबारे भ्रमण अवलोकन गर्ने कार्यक्रम छ ।

अमेरिका र जापानले गठबन्धनको क्षमतालाई आधुनिकीकरण गर्न, अमेरिकी सेनाको स्थितिलाई अनुकूलन गर्न र यस वर्षको सुरुमा ऐतिहासिक अमेरिका–जापान ‘२ ं२’ मन्त्रीस्तरीय बैठकपछि समान विचारधारा भएका साझेदारहरूसँग सम्बन्ध निर्माण गर्न महत्वपूर्ण कदम चालिरहेका बेला मन्त्री अस्टिनको भ्रमण हुन लागेको विज्ञप्तिमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि विदेशमन्त्री अस्टिन सिंगापुर जानुहुनेछ । उहाँले सिङ्गापुरमा हुने ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज ९आईआईएसएस०’ को २० औं साङ्ग्रिला वातालाई सम्बोधन गर्नुुहुनेछ ।

वार्ताको क्रममा विदेशमन्त्रीले आसियान केन्द्रीयतामा आधारित स्वतन्त्र र खुला हिन्द–प्रशान्तका लागि अमेरिकी साझा दृष्टिकोणको समर्थनमा यस क्षेत्रमा अमेरिकी रक्षा साझेदारीलाई अगाडि बढाउन प्रमुख नेताहरूसँग भेटघाट गर्नुहुनेछ । सिङ्गापुरको भ्रमण सकेर सेक्रेटरी अस्टिनले भारत भ्रमण गर्नुहुनेछ ।

डि–डेका ७९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछ । फ्रान्सको नोरम्यान्डी आक्रमण जसलाई डि–डेको नामले पनि चिनिन्छ । त्यहाँ फ्रान्सेली तथा बेलायतका रक्षा मन्त्रीहरूसँग भेटघाटपछि अस्टिनले फ्रान्सको भ्रमणका साथै आफ्नो भ्रमणलाई समापन गर्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com